विश्वविद्यालय सिनेट बैठकद्वारा मधेश कृषि विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रार बर्खास्त



जनकपुरधाम । सप्तरीको राजविराजस्थित मधेश कृषि विश्वविद्यालयका उपकुलपति डा. वैद्यनाथ महतो र रजिस्ट्रार भगवान ठाकुरलाई बर्खास्त गरिएको छ ।

विश्वविद्यालय सिनेटको मङ्गलवार राति बसेको बैठकले उपकुलपति र रजिस्ट्रारलाई हटाउने निर्णय गरेको हो । तत्कालीन जसपा नेपाल नेतृत्वको सरकारले २०८१ मंसिर २१ मा विश्वविद्यालयको उपकुलपतिमा डा. महतोलाई नियुक्त गरेका थियो । सिनेटको बैठकले विश्वविद्यालयको बजेट पारित गर्नुका साथै पहिलेको खर्चलाई अनुमोदन गर्ने निर्णय समेत गरेको छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतलाई बाइपास गरी विश्वविद्यालय भवनको शिलान्यास गरेको भन्दै दुवै पार्टीबीच चरम विवाद छ । दुई पार्टीको लडाइँले विश्वविद्यालय लथालिङ्ग बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने तयारी

चोरी पैठारीको २० किलो चाँदीसहित पाँच पक्राउ

काठमाडौँ । चोरी पैठारी गरी ल्याइएको २० किलो चाँदीसहित काठमाडौँबाट पाँच जना पक्राउ

पत्रकारको पास निलम्वन गरेकोप्रति महासङ्घको ध्यानाकर्षण

काठमाडौँ । प्रश्न सोधेका आधारमा सङ्घीय संसद् सचिवालयले पत्रकार किशोर श्रेष्ठ र प्रकाश

महोत्तरीको बलबा नगरपालिकामा बहुउद्देश्यीय पोलिटेक्निकल इन्स्टिच्युट निर्माण हुने

काठमाडौं । महोत्तरीको बलबा नगरपालिकामा मधेस प्रदेशको प्रथम नमुना पोलिटेक्निकल स्थापना हुने भएको