श्रममन्त्री भण्डारी र जापानी राजदूतबीच श्रम सम्झौताको कार्यान्वयनका विषयमा छलफल



काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग नेपालका लागि जापानी राजदूत माएदा तोरुले शिष्टाचार भेट गरेका छन् ।

मंगलबार मन्त्रालयमा भएको भेटमा नेपाल र जापानबीच भएको आपसी समझदारी एवं श्रम सम्झौताको कार्यान्वयनका विविध पक्षमा छलफल भएको मन्त्रालयका प्रवक्ता डण्डुराज पाण्डेले जानकारी दिए ।

उनकाअनुसार नेपालबाट जापान पुगी कार्यरत रहेका नेपाली कामदारहरुको सेवा, सुविधा र सुरक्षालगायतका विषयमा मन्त्री भण्डारीले चासो राखेका थिए ।

यसैगरी जापान सरकारको मागबमोजिम पठाइने दक्ष सीपयुक्त कामदारको सन्दर्भमा दुवै पक्षबीच छलफल गरी यथाशीघ्र निष्कर्षमा पुर्याउनुपर्ने विषयमा समेत दुवै पक्षबीच छलफल भएको थियो ।

भेटका क्रममा नेपालका लागि जापानी राजदूत तोरुले नेपाली दक्ष कामदार जापान पठाउने विषय, कामदारका सेवा, सुविधा र सुरक्षाका विषयमा आफू सकारात्मक रहेको बताए ।

नेपाली कामदारका लागि जापान सुरक्षित र आकर्षक गन्तव्य रहेको साथै आगामी दिनमा नेपाली कामदार जापान पठाउने सन्दर्भमा दुवै पक्षले समझदारीका आधारमा सहकार्यलाई निरन्तरता दिने विषयमा समेत छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाल्पाको जङ्गलमा डढेलो

पाल्पा ।पाल्पा  जिल्लाको रिब्दीकोट गाउँपालिका– १ ख्याहा मधुवन सामुदायिक वन र वडा नंं

जसपा नेपालले सरकारलाई दिएको समर्थन कायमै राख्ने

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा), नेपालले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय

लुम्बिनीमा पाँच सय जनाको प्रबज्या कार्यक्रम सुरु

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीमा पाँच सय जनाको श्रामणेर (अल्पकालीन भिक्षु) प्रबज्या कार्यक्रम आजबाट

काठमाडौंमा १२० थान खुकुरी चोरीमा संलग्न तीन जना पक्राउ

काठमाडौं । काठमाडौंको सीतापाइलास्थित कारखानाबाटै खुकुरी चोरी गर्ने तीन जनालाई पक्राउ गरेको छ