परराष्ट्रमन्त्री र गृहमन्त्रीद्वारा प्रकृति लम्सालका परिवारसँग भेट



भैरहवा । परराष्ट्रमन्त्री आरजु राणा र गृहमन्त्री रमेश लेखकले भारतको उडिसास्थित केआईआईटी कलेजमा शंकास्पद मृत्यु भएकी प्रकृति लम्सालको परिवारसँग भेट गरेका छन् ।

बुटवलस्थित प्रकृतिको मामाघर पुगेर आफू र गृहमन्त्रीले बुवाआमासँग भेट गरेको परराष्ट्रमन्त्री राणाले जानकारी दिएकी छन् । भेटमा प्रकृतिको न्यायका लागि सरकारले हरसम्भव प्रयास गरिरहेको परिवाजनलाई जानकारी गराएका मन्त्री राणाले बताएकी छन् । केआईआईटीमा प्रकृति केही दिनअघि कलेजकै छात्रावासमा मृत भेटिएकी थिइन् ।

त्यसपछि त्यहाँ नेपाली विद्यार्थीले प्रकृतिको न्यायका लागि आवाज उठाएका थिए । केही विद्यार्थी नेपाल पनि फर्किएका छन् । तर, दुवै देशका अधिकारीहरूको पहलपछि कलेजको वातावरण सामान्य बन्यो । भारतस्थित नेपाली दूतावासका अधिकारीहरू कलेजमै पुगेर नेपाली विद्यार्थीको सुरक्षाका लागि समन्वय गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
१६ वर्षपछि अछाम दरबार निर्माणकार्य सम्पन्न

अछाम । पुनःनिर्माण सुरु भएको १६ वर्षपछि अछाम दरबार निर्माणकार्य सम्पन्न भएको छ

स्कारपियो गाडी दुर्घटना हुँदा सर्लाहीमा चालकको मृत्यु

सर्लाही । सर्लाहीको चक्रघट्ट गाउँपालिका–२, बेल्हीमा स्कारपियो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको

कसको निर्देशनमा उर्जा मन्त्रालयले दियो कुलमानलाई कार्य सम्पादनमा शून्य नम्बर ?

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान

हिउँ खेल्न लोभिएका आन्तरिक पर्यटक रूकुम पूर्वमा

रुकुम पूर्व ।  हिउँ कसैको लागि रहर छ भने कसैको लागि कहर बनिदिन्छ