बीमा प्राधिकरणका पूर्वअध्यक्ष सिलवालले पाए सफाइ
काठमाडौं । नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष सूर्यप्रसाद सिलवालले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले सिलवाललाई सफाइ दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध कानुनविपरीत ९ महिनासम्म पदमा रहेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अध्यक्ष सिलवाल कानुनविपरीत गएर ६५ वर्षको उमेरमा अवकाश नभइ ९ महिनासम्म पदमै रहेको, नागरिकतामा पटकपटक जन्म मिति संशोधन गरी नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको अख्तियारको आरोप रहे पनि उनले अदालतबाट सफाइ पाएका हुन् ।
सिलवाललाई झुटो जन्ममिति कायम गरी सरकारी ओहदामा रहेर आर्जन गरेको ३६ लाख ६२ हजार १ सय ५४ रुपैयाँसमेत जफत गर्न अख्तियारले मागदाबी गरेको थियो ।