नयाँबानेश्वरमा स्वर्गद्वारी गुठी पीडित र प्रहरीबीच झडप



काठमाडौं । स्वर्गद्वारी गुठी पीडित र प्रहरीबीच नयाँबानेश्वरमा झडप भएको छ । आइतबार दिउँसो स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले गरेको प्रदर्शनमा झडप भएको हो ।

प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि दुई पक्षबीच झडप भएको हो । त्यसक्रममा प्रहरी वृत्त सिंहदरबारका इन्चार्ज, डीएसपी गंगा पौडेल घाइते भएका छन् । उनको सिभिल अस्पताल मीनभवनमा उपचार भइरहेको छ । त्यस्तै प्रदर्शनकारीतर्फ पनि केही जना घाइते भएको बताइएको छ ।

सरकारसँग तीन बुँदे माग राख्दै गुठीपीडितहरू माइतीघरमा धर्ना दिँदै आइरहेका थिए । पुस्तौंदेखि खेतीपाती गर्दै आएको जग्गाको स्वामित्व स्वर्गद्वारी गुठीको नाममा पुगेपछि पीडितहरू दाङबाट काठमाडौं आएका थिए ।

मोही किसानले जोतभोग गर्दै आएको जमिन मोहीको नाममा रैथानी हुने कानुनी व्यवस्था, विशेष प्रकृतिको निजी भनिएको गुठी जग्गाका निष्काशित मोहीको हक पुनस्र्थापित गर्न र किसानले बुझाउनुपर्ने रैतानीबापतको तिरो वडामार्फत बुझाउने व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाँच महिनासम्म पनि पठाएनन् काभ्रेका स्थानीय तहले बाढीपहिरो प्रभावितको तथ्याङ्क

काभ्रे । पाँच महिनासम्म स्थानीय तहले प्रभावितको तथ्याङ्क नपठाउँदा काभ्रेपलाञ्चोकका बाढिपहिरोपीडितले अझै सरकारी

युरोप पुगेर जेलेन्स्कीले भने-हामी अमेरिकासँग खनिज सम्झौतामा हस्ताक्षर गर्न तयार छौं

बीबीसी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफू अमेरिकासँग खनिज सम्झौतामा हस्ताक्षर गर्न तयार

विदेश र बजारबाट गाउँ फिरेका ध्रुर्व रैथाने खेती

म्याग्दी । रोजगारीको सिलसिलामा तीन वर्ष सिङ्गापुर र पाँच वर्ष साइप्रसमा बिताएका म्याग्दीको

टरिगाउँ विमानस्थल विस्तारका लागि एक करोड बजेट विनियोजन

तुलसीपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्रालयले दाङ तुलसीपुरस्थित टरिगाउँ विमानस्थल विस्तारका