धनुषामा एक महिलाको घरभित्रै गाडिएको अवस्थामा शव फेला, श्रीमान फरार



जनकपुरधाम । एक सातादेखि बेपत्ता भएकी धनुषाको लक्ष्मीनिया गाउँपालिका, बनिनियाकी २० वर्षीया अञ्जली यादवको घरमित्रै शव भेटिएको छ ।

अञ्जलीको शव आफ्नै घरको पूजाकोठामा गाडिएको अवस्थामा भेटिएको हो । सुरूमा अञ्जलीका श्रीमान रामहरिले अञ्जली हराएको भनेर गाउँलेहरूलाई भनेपनि त्यसको दुई दिनपछि १० महिनाकी छोरीसहित उनी आफैं बेपत्ता भएका छन् । श्रीमान पनि बेपत्ता भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

त्यसपछि अनुसन्धानका क्रममा शनिबार दिउँसो अञ्जलीको शव उनकै घरको पूजाकोठाभित्र गाडिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी वरुणबहादुर सिंहले जानकारी दिए ।

प्रहरीकाअनुसार शव सडेगलेको अवस्थामा भेटिएको छ । अञ्जलीको शवलाई उत्खनन् गरेर पोस्टमार्टमका लागि प्रादेशिक अस्पतालमा पठाइएको छ । घटनाका विषयमा थप अनुसन्धान र बेपत्ता श्रीमानको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संविधान संशोधन हुँदै गर्दा निर्वाचन प्रणाली, संघीयता, प्रदेशका अधिकारका हेरफेर गर्ने विषयमा व्यापक छलफल हुनुपर्छः महामन्त्री थापा

बाँके । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकार संविधान कार्यान्वयनमा केन्द्रित रहेको

मुलुकलाई अध्यादेशको भरमा चलाउन खोजियोः अध्यक्ष लिङ्देन

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक व्यवस्थाले देशलाई असफलतातर्फ

रिङ्कु सदाको मृत्यु घटनाको अनुसन्धान प्रक्रियाबारे प्रचण्डको चासो

सिरहा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिरहाका प्रमुख जिल्ला अधिकारी

मकवानपुरको कैलाश र वैकुण्ठ क्षेत्र जोड्ने गरी जिपलाइन निर्माण

मनहरी। मकवानपुरको कैलाश गाउँपालिकाले कैलाश र वैकुण्ठ क्षेत्र जोड्ने गरी जिपलाइन निर्माण गरेको