हार्ट क्लव नेपालको २७ औं वार्षिक साधारण सभा सम्पन्न



काठमाडौं । हार्ट क्लव नेपालको २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार ललितपुरमा क्लवको २७ औं साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभाले अध्यक्ष विपिन राई, महासचिव मोहननाथ मास्के र कोषाध्यक्ष महेन्द्रबहादुर थापाले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गरेको छ । क्लबका अध्यक्ष विपिन राई सभापति रहेको उक्त कार्यक्रममा क्लबका पूर्व पदाधिकारी, वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. अवनिभूषण उपाध्याय, प्रा.डा. प्रकाशराज रेग्मी, नेपाल हार्ट नेटका संयोजक डा. विजयगोपाल राजवंशी,  नेपाल हृदयरोग निवारण प्रतिष्ठान ललितपुर शाखाका पदाधिकारी लगायतको उल्लेख सहभागिता रहेको थियो ।

२७ औं वार्षिक साधारणसभाले आगामी कार्यकालका लागि सर्वसम्मत रुपमा नयाँ नेतृत्व समेत चयन गरेको छ । कार्यक्रमका प्रमुख अतिथि डा. अवनिभूषण उपाध्यायबाट ‘हृदयको आवाज’ स्मारिकाको विमोचन समेत गरिएको छ ।

साधारणसभाका अवसरमा हार्ट क्लब नेपालको ललितपुर शाखाका पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ । डा. लक्षी सिंहको नेतृत्वमा हार्ट क्लब नेपालको ललितपुर शाखा यस अघि नै गठन गरिएको थियो ।

कार्यक्रममा चिकित्सकहरुले दुब्लो भएर पनि धुमपान गर्ने, मध्यपान गर्ने, चिनीयुक्त खानेकुरा बढि खाने, सन्तुलित भोजन नगर्ने, तनावग्रस्त रहने व्यक्तिलाई मुटुरोगको उच्च जोखिम हुने भएकाले ख्याल गर्नुपर्नेमा जोड दिएका थिए ।

 

   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारत सरकारको सहयोगमा निर्मित पक्की पुल सञ्चालनमा

वीरगञ्ज । भारत सरकारको आर्थिक सहयोगमा बारा जिल्लाको बङ्गरी नदीमाथि भलुही–भरवलिया–८ मा निर्माण

‘राष्ट्रका लागि दुई घण्टा अभियान’ मा बागमतीका स्वास्थ्यमन्त्री थापा

भक्तपुर । शनिबार कहिले सिमसिम पानी त कहिले हल्का झुल्किएको घाम । मध्यपुरथिमि

सामाजिक विकास कार्यालय म्याग्दी तीन महिनादेखि प्रमुखविहीन

म्याग्दी । सामाजिक विकास कार्यालय तीन महिनादेखि प्रमुखविहीन भएको छ । कार्यालय प्रमुख

रुपन्देहीको दंगचैयामा एक युवकको गोली हानी हत्या

बुटवल । रुपन्देहीको मायादेवीमा एकजनाको गोली हानी हत्या भएको छ । प्रहरीका अनुसार