अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा



 

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारण गरिएको दरअनुसार, अमेरिकी डलरको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । केन्द्रीय बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ७० पैसा र बिक्रीदर १४० रूपैयाँ ३० पैसा कायम भएको छ ।

आजका लागि युरोपियन युरो एकको खरिददर १४५ रूपैयाँ २४ पैसा र बिक्रीदर १४५ रूपैयाँ ८६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७५ रूपैयाँ ८४ पैसा र बिक्रीदर १७६ रूपैयाँ ६० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५४ रूपैयाँ ७३ पैसा र बिक्रीदर १५५ रूपैयाँ ४० पैसा कायम गरिएको छ ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ८२ पैसा र बिक्रीदर ८७ रूपैयाँ २० पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ७८ पैसा र बिक्रीदर ९७ रूपैयाँ १९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ६० पैसा र बिक्रीदर १०४ रूपैयाँ ०४ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ २९ पैसा र बिक्रीदर नौ रूपैयाँ ३३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ १९ पैसा र बिक्रीदर १९ रूपैयाँ २७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ २५ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ३३ पैसा र बिक्रीदर ३८ रूपैयाँ ५० पैसा कायम भएको बैङ्कले जनाएको छ ।

यस्तै, थाई भाट एकको खरिददर चार रूपैयाँ ०९ पैसा र बिक्रीदर चार रूपैयाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३८ रूपैयाँ ०४ पैसा र बिक्रीदर ३८ रूपैयाँ २० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ३१ पैसा र बिक्रीदर ३१ रूपैयाँ ४४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ५७ पैसा र बिक्रीदर नौ रूपैयाँ ६१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ९८ पैसा र बिक्रीदर १३ रूपैयाँ ०४ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ  ४७ पैसा र बिक्रीदर १९ रूपैयाँ ५६ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ९६ पैसा र बिक्रीदर १८ रूपैयाँ ०४ पैसा, कुवेती दिनार एकको खरिददर ४५२ रूपैयाँ ३५ पैसा र बिक्रीदर ४५४ रूपैयाँ ३० पैसा, बहराइन दिनार एकको खरिददर ३७० रूपैयाँ ६६ पैसा र बिक्रीदर ३७२ रूपैयाँ २५ पैसा, ओमनी रियाल एकको खरिददर ३६२ रूपैयाँ ८६ पैसा र बिक्रीदर ३६४ रूपैयाँ ४२ पैसा निर्धारण गरेको छ । त्यस्तै, भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हिमपातपछि उपल्लो मुस्ताङको लोमान्थाङ

हिमपातपछि सेताम्मे देखिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाको क्षेत्र । हिमपातपछि बालीनाली सप्रिने आशमा

हार्ट क्लव नेपालको २७ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । हार्ट क्लव नेपालको २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ

रिङ्कु सदाको घरमै पुगेर न्यायका लागि सहयोग गर्ने अध्यक्ष प्रचण्डको प्रतिबद्धता

सिरहा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरस्थित

कानुनी प्रक्रिया पूरा नगरेका बर्दिवासका पाँच वटा स्वास्थ्य संस्था तत्काल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

महोत्तरी । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बर्दिवासमा रहेका अस्पताल र स्वास्थ्य संस्थाको