ढोरपाटनमा हिमपात हुँदा जनजीवन प्रभावित



ढोरपाटन (बागलुङ)। भारी हिमपातका कारण माथिल्लो बागलुङका स्थानीयको जनजीवन कष्टकर बनेको छ। शुक्रबार दिउसोदेखि वर्षासँगै परेको हिमपातले स्थानीयको जनजीवन कष्टकर बनेको हो। जिल्लोको ढोरपाटन नगरपालिका-९ स्थित ढोरपाटन उपत्यका, निसेलढोर, स्यालपाखे, पाखाथर, छ्यान्तुङ, भूजीलगायतका ठाउँका स्थानीय प्रभावित बनेका छन्।

निसीखोला गाउँपालिका-६ को जाउलेपानीसहित पातीहाल्ने क्षेत्रमा भारी हिमपात भएको छ। हिमपातले चिसो बढ्दा नागरिकको दैनिकी प्रभावित बनेको हो।

हिमपातका कारण सबैभन्दा बढी निसेलढोर र ढोरपाटन उपत्यका क्षेत्रका नागरिकको जनजीवन कष्टकर बनेको ढोरपाटन नगरपालिका–९का होटल व्यवसायी गंगाबहादुर भण्डारीले जानकारी दिए।

शुक्रबार दिउसो २ वर्षदेखिनै हिमपात हुन सुरु भएको उनको भनाइ छ। अहिले ढोरपाटन उपत्यकासहित माथिल्लो क्षेत्र हिउँले सेताम्य भएको भण्डारीले बताए। बस्ती वरपर बाक्लो हिउँ पर्दा दैनिकीनै प्रभावित बनेको उनी बताउँछन्।

उनले भने, “एक-दुई दिन भयो, चिसो अत्याधिक बढेको थियो, आज हिमपातनै भयो, अहिले बाक्लो हिउँ परेको छ, ढोरपाटनमा धेरैजसो वस्तुभाउ पाल्ने किसान छन्, उनीहरुले गाईभैँसीलाई दाना र घाँस खुवाउन पनि समस्या भएको छ, पुस माघ महिनामा हिउँ परेन फागुन लागेर गर्मी बढ्न थालेपछि पो बल्ल हिमपात भयो।”

लामो समयको खडेरीपछि हिमपात हुँदा किसान भने हर्षित भएका छन्। बारीमा लगाएको गहुँ, जौँ र ज्वाँतो सक्न थालेपछि निराश भएका किसानलाई वर्षासहितको हिमपातले रात दिएको छ। अहिले पनि निरन्तर हिमपात भइरहेको हुँदा ढोरपाटन पुग्ने पर्यटक बुर्तिबाङ रोकिने स्थिति आएको छ।

उता बागलुङ, रोल्पा र रुकुमको सिमाना पातीहाल्नेमा भारी हिमपात हुँदा मध्यपहाडी लोकमार्गनै अवरुद्ध भएको छ।

दिउसो एक बजेदेखि नै हिमपात भएपछि यातायात ठप्प भएको निसीखोला गाउँपालिका-६ का अध्यक्ष सूर्यमान बुढा मगरले जानकारी दिए। हिमपातका कारण पश्चिम नेपालदेखि राजधानीसहितका ठूला सहरमा चल्ने सवारी साधान ठप्प भएको उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रिङ्कु सदाको घरमै पुगेर न्यायका लागि सहयोग गर्ने अध्यक्ष प्रचण्डको प्रतिबद्धता

सिरहा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरस्थित

डा. लक्षी सिंहको नेतृत्वमा हार्ट क्लव नेपाल ललितपुर शाखाको नयाँ कार्यसमिति चयन

काठमाडौं । हार्ट क्लव नेपाल ललितपुर शाखाको २७ औं वार्षिक साधारण सभाले नयाँ

कानुनी प्रक्रिया पूरा नगरेका बर्दिवासका पाँच वटा स्वास्थ्य संस्था तत्काल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

महोत्तरी । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बर्दिवासमा रहेका अस्पताल र स्वास्थ्य संस्थाको

स्वर्ग, नर्क, पाप-पुण्य हुन्छ कि हुँदैन ?

-डा. गोविन्दशरण उपाध्याय । दर्शनशास्त्रको कसौटीमा ईश्वर भेटिन्छ कि भेटिन्न, आत्मा भेटिन्छ कि