भूकम्पबाट सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित इलाका प्रहरी कार्यालयमा सामान्य क्षति, छैनन् ठूलो क्षतिका घटना



काठमाडौं । भूकम्पबाट जिल्लामा कुनै मानवीय वा भौतिक क्षति नभएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले विज्ञप्ति जारी गरी सिन्धुपाल्चोक कारागारमा कैद भुक्तान गरिरहेका एक जना कैदीको भागदौडको क्रममा लडेर दाहिने हातमा सामान्य चोट लागेको जनाएको छ ।

उनलाई चौतारा अस्पतालमा उपचार गराइएको र अहिले उनलाई डिस्चार्ज गरिएको छ । त्यस्तै भूकम्पबाट भोटेकोशी गाउँपालिका वडा नं ३ स्थित तुसारे भन्ने स्थानमा सुख्खा पहिरो गएको छ।

तर, उक्त स्थानमा मानव बस्ती नभएकाले कुनै क्षति नभएको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिएका छन् । यसैगरी, भोटेकोशी गाउँपालिका स्थित इलाका प्रहरी कार्यालय कोदारीको एक तल्ले जस्ताको छानो भएको ब्यारेक भवनमा सामान्य क्षति पुगेको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर शुक्रबार बिहान २ बजेर ५१ मिनेटमा ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
न्यून प्रस्ताव परेपछि समपूरक र विशेष अनुदान माग गर्ने समयावधि थप

काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८२/८३ मा सङ्घीय समपूरक र

ग्रामीण बस्ती सडक सञ्जालमा जोड्दै

गोलबजार (सिरहा) । कुनैबेला साँघुरो सडक र सडकै छेउमा फुसको छाप्रो, त्यसभित्र ससाना

साना पार्टीको समुल अन्त्यको पक्षमा एमाले महासचिव

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले राजनीतिक दलले मुलुक बनाउन नसकेको नभई

सप्तरी पुगेर प्रचण्डले भने-नक्कली मधेसवादी दलसँग सावधान रहनुस्

राजविराज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सक्कली मधेसवादी दल माओवादी