बलात्कार मुद्दामा सात वर्ष कैद सजाय तोकिएका अभियुक्त पक्राउ
भक्तपुर । जबरजस्तीकरणी मुद्दामा दोषी भइ फरार एक व्यक्तिलाई जिल्ला प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डु घर भई हाल चाँगुनारायण नगरपालिका–९, ताथली बस्दै आएका ४९ वर्षीय अच्युतमणि रिसाल रहेका प्रहरीको भनाइ छ । रिसाललाई प्रहरीले भक्तपुर नगरपालिकाको च्याम्हसिंहबाट पक्राउ गरेको हो ।
रिसाललाई भक्तपुर जिल्ला अदालतले गत कात्तिक २१ गते करणी मुद्दामा सात वर्ष कैद र तीन लाख दण्ड जरिवाना हुने फैसला गरेको थियो । रिसाल अदालतको फैसलापछि फरार रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
रिसाललाई कैद भुक्तानका लागि कारागार कार्यालय जगन्नाथदेवल पठाइएको न्यौपानेले जानकारी दिए ।