कार्यसम्पादन मूल्यांकन नै नगरी स्पष्टीकरण माग गरिएको विषय आफैँमा अपरिपक्व र अनुचित छ: कुलमान घिसिङ



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई पदबाट हटाउने अधिकार मन्त्रालयलाई नभएको जवाफ दिएका छन् ।

उर्जा मन्त्रालयले सोधेको स्पष्टीकरणको जवाफ दिँदै घिसिङले आफूलाई स्पष्टीकरण सोध्ने र कारबाही गर्ने अधिकार मन्त्रालयलाई नभएको जवाफ दिएका हुन् ।

उनले ऊर्जा मन्त्रालयलाई बुझाएको जवाफमा उनले आफूमाथि लगाइएका आरोप अस्वीकार गर्दै मन्त्रालयको कदमलाई कानूनी र न्यायिक सिद्धान्तको विपरीत भनेका छन् । उनले आफ्नो नियुक्ति मन्त्रिपरिषद्ले गरेको र मन्त्रालयसँग आफूलाई पदमुक्त गर्ने अधिकार नरहेको बताएका छन् ।

जवाफमा उनले भनेका  छन्, ‘म मन्त्रिपरिषद् बैठकबाट नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ को दफा १७ (१) बमोजिम ४ वर्षको लागि नियुक्त भएको हुँ र मलाई सेवाबाट हटाउने अधिकार नेपाल सरकारको कार्य सञ्चालन नियमावली र सम्बन्धित विनियमावली अनुसार छैन ।’

दुई दिनअघि मन्त्रालयले घिसिङलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । घिसिङमाथि सरकारको सहमतिबिना भारतबाट आयात गरेको विद्युतमा महसुल वृद्धि गरेको भन्दै स्पष्टीकरण सोधिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लुम्बिनी न्यरोबडी विमानलाई मर्मत गर्न भारत पठाउने निगमको तयारी

काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्ना विमानहरूको उडानसम्बन्धमा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको

विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा देउवा र कोइराला पक्षका नेविसंघका कार्यकर्ताबीच झडप

विराटनगर ।  नेपाल विद्यार्थी संघ मोरङमा दुई पक्षबीच कुटाकुट भएको छ। बिहीबार स्वतन्त्र

गुराँसले जोगाउँदै फुङ्लिङको पर्यटन व्यवसाय

फुङ्लिङ । ताप्लेजुङको वनपाखामा गुराँस फुल्न थालेको छ। गुराँसको यो रङ्गीन छटा सौन्दर्य

संस्कृतिसँग जोडिएका पोखरी

-लक्ष्मी गारु, भादगाउँ । भक्तपुर नगरपालिका–५ को चुपिङ्घाटस्थित काँल्हाचा पुखुः (पोखरी)मा नुहाए घाउ खटिरा