रारा तालको किनारको होटलमा भीषण आगलागी, चार वटा भवन नष्ट



मुगु । मुगुस्थित रारा तालको किनारमा अवस्थित एक होटलमा गएराति आगलागी हुँदा चारवटा भवन जलेर नष्ट भएका छन् । आगोबाट काठै काठको संरचनाले बनेको ती भवनमा क्षति पुर्याएको जनाइएको छ ।

नेपाली सेना, कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले बिहीबार बिहान आगो नियन्त्रणमा लिएका थिए । आगलागीको जानकारी प्राप्त हुनासाथ जिल्ला सदरमुकाम गमगढीबाट प्रहरी नायब निरीक्षक दीपक केसीको नेतृत्वका १५ जना प्रहरी टोली रारा पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार होटेलको भान्साबाट सुरु भएको आगोले त्यहाँ रहेका ग्याँसको सिलिण्डर पड्कदा अन्य तीन भवनमा क्षति पुर्याएको थियो । प्रहरी, सेना र सशस्त्र प्रहरीले होटलमा रहेका पाहुनालाई तत्काल उद्धार गरी नजिकै रहेका होटल,सेनाको ब्यारेक, निकुञ्ज कार्यालयमा सारिएको थियो । घटनाको पूर्ण विवरण आउन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पढ्ने उमेरमै आमा बन्नुका पीडा

रामचन्द्र रायमाझी, पाल्पा । पाल्पाको  माथागढी गाउँपालिका बहादुरपुरकी यमिश्वर जर्घाको १५ वर्ष हुँदा

हेटौंडामा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

हेटौंडा । हेटौँडा उपमहानगरपालिका–६ सल्लाघारी नजिक मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री ६१ वर्षीय कमलबहादुर

मलद्वारमा सुन लुकाएर ल्याउने चार विदेशी त्रिभुवन विमानस्थलबाट पक्राउ

काठमाडौँ । त्रिभुवन विभानस्थलबाट ३ किलो ७४५ ग्राम  सुनसहित चार जना पक्राउ परेका

मुस्ताङको सेल्फी पार्कमा रहेको विशाल शालग्राम

मुस्ताङ जिल्ला वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गत रहेको चर्चित पर्यटकीयस्थल सेल्फी पार्कमा रहेको विशाल