म्याग्दीको गुइठेभिरमा ‘इको भ्यान’ दुर्घटना, एकजनाको मृत्यु



म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ को गुइठेभिरमा ‘इको भ्यान’ दुर्घटना हुँदा एक जनाको मृत्यु र तीन जना घाइते भएका छन् । बेनी-जोमसोम-कोरला सडक अन्तर्गत अन्नपूर्ण गाउँपालिका-३ को सुकेबगरदेखि नारच्याङ तर्फ जाँदै गरेको बा ६ च ४९४४ नम्बरको इकोभ्यान आज सडकबाट कालीगण्डकी नदीको किनारमा खसेको सीमा प्रहरी चौकी भुरुङ तातोपानीले जनाएको छ ।

दुर्घटनामा परि सो भ्यानका चालक समेत रहेकी अन्नपूर्ण–४ घरापकी अन्दाजी ४० वर्षीया सुनदेवी गौचन (सरिता)को घटनास्थलमै मृत्यु भएको सीमा प्रहरी चौकी भुरुङ्ग तातोपानीका प्रमुख प्रहरी सहायक निरीक्षक रमेशप्रसाद अधिकारीले बताए ।

उनले दुर्घटनामा सख्त घाइते रुपा पुन, नमिता चोचाङ्गी र विष्णुकुमारी बुढाथोकीलाई उद्धार गरेर उपचारका लागि पोखरा अस्पतालमा पठाइएको बताए । नारच्याङमा रहेको शिव मन्दिर जाने यात्रु चढेको भ्यान सडकदेखि करिब एक सय ५० मिटर तल कालीगण्डकी किनारमा खसेको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेल नेतृत्वको टोलीले घटनास्थल पुगेर दुर्घटनाको बारेमा अनुसन्धान थालेको छ । दुर्घटनाका कारण अन्नपूर्ण –४ नारच्याङमा बुधबारदेखि शुरु गर्न लागिएको प्रथम तरुण कप भलिबल प्रतियोगिताको कार्यक्रम स्थगित भएको छ ।

तरुणदल म्याग्दीका कार्यवाहक अध्यक्ष श्रीप्रसाद रोकाले कार्यक्रम स्थल नजिकै भएको दुर्घटनामा स्थानीय व्यक्तिको निधन र घाइते भएकाले खेलकुद प्रतियोगिताको बुधबारका कार्यक्रम स्थगित गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘नेपाल–भारतबीच सम्बन्ध थप सुदृढ गर्न र साझा अवसरहरूको लाभ लिन आवश्यक’

काठमाडौं ।  संसदको अन्तर्राष्ट्रियसम्बन्ध र पर्यटन समिति सभापति राजकिशोर यादवले नेपाल–भारतसम्बन्ध सुदृढ गर्न

महाशिवरात्रिका अवसरमा राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथ मन्दिरमा दर्शन

काठमाडौँ । महाशिवरात्रिका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले पशुपतिनाथ मन्दिरमा

पशुपतिनाथ क्षेत्रमा होहल्ला गरेको आरोपमा ७५ जना पक्राउ

काठमाडौँ । महाशिवरात्रिको दिन आज आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरबाट प्रहरीले ७५ जनालाई पक्राउ

न्याय सम्पादनमा सहज बन्दै डिजिटल प्रविधि

देउखुरी (दाङ) । तुलसीपुर उपमहानगरपालिका–१८ का दुई दाजुभाइको बीचमा जग्गाको विषयमा विवाद भयो