धादिङको गल्छीमा पानी ट्यांकर दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई गम्भीर
धादिङ । धादिङको गल्छीमा ट्यांकर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । गल्छी गाउँपालिका–३, गुप्तेश्वरस्थित सडकमा पानी ट्यांकर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका हुन् ।
बुधबार बिहान करिब २ बजेतिर आदमघाटबाट गुप्तेश्वर मन्दिरतर्फ पानी लिएर जाँदै गरेको ट्यांकर अनियन्त्रित भई सडकबाट तल खसेको हो ।
दुर्घटनामा धादिङ गजुरी गाउँपालिका–६ बस्ने १८ वर्षीय प्रशान्त चेपाङ र २० वर्षीय जयराम चेपाङको घटनास्थलमै मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।