युवती बेपत्ता भएको घटनालाई लिएर नवलपरासीमा एक जनाको मृत्यु



बुटवल । पश्चिम नवलपरासीको पाल्हीनन्दनमा दुई समुहबीच भएको झडपमा घाइते भएका एकजनाको मृत्यु भएको छ । पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ३ की एक युवती हराएपछि सोमबार रातिदेखि दुई समुहबीच विवाद उत्पन्न भएको थियो ।

सोही विवाद बढ्दै गएपछि मंगलबार विहान दुई समुहबीच झडप भएको थियो । त्यसक्रममा युवतीका आफन्तले पाल्हीनन्दन वडा नम्बर ३ बेलासपुरका ३५ वर्षीय विजय धोवीलाई गाडीले ठक्कर दिएको थियो ।

वडा नम्बर ३ का वडा अध्यक्ष गोधनप्रसाद हरिजनका अनुसार युवतीतर्फको समुहले चलाएको गाडीले धोवीलाई ठक्कर दिएको थियो। धोवीको उपचारको क्रममा मृत्यु भएको हो। पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताले गाडीले ठक्कर दिएका धोवीको मृत्यु भएको जानकारी दिए ।

प्रहरीका अनुसार स्थानीय एक युवती हराएपछि दुई स्थानीय समूहबीच झडप भएको थियो। स्थानीय १६ वर्षीय किशोरी पुसको अन्तिमतिर हराइरहेको भन्दै प्रहरीमा निवदेन परेको छ।

उनीसँगै सोही गाउँका एक युवक पनि परिवारको सम्पर्कमा छैनन् । दुई समुहले एकअर्कालाई आरोप लगाएपछि झडप भएको प्रहरीले जनाएको छ। सोमबार भएको झडपपछि मंगलबार बिहान विवाद समाधानका लागि छलफल गर्न खोज्दा फेरि झडप भएको वडाअध्यक्ष हरिजनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भ्यानको ठक्करबाट नेपालगञ्जमा एक बालकको मृत्यु

  नेपालगञ्ज । नेपालगञ्जमा भ्यानको ठक्करबाट मगलबार एक जना बालकको मृत्यु भएको छ

ललितपुरको इमाडोलस्थित रङ पसलमा आगलागी

ढाका ।  बङ्गलादेशका सेना प्रमुखले गत अगस्टमा सरकारलाई अपदस्थ गर्ने विद्यार्थी नेतृत्वको क्रान्तिको

यस्तो छ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुले गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्थामा लचकता अपनाएको छ

काठमाडौंमा भारतीय सेनाका पूर्वस्थल सेनाध्यक्षको लावालस्कर

काठमाडौँ । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवको अवसरमा