विराटनगर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र जनताको बलले स्थापित भएको बताएका छन् । पछिल्लो समय आफ्नो पार्टीको पक्षमा जनमत बढ्दै गएको उनले बताए ।
‘जनतासँग माओवादी तराई मधेस जागरण अभियान’अन्तर्गत मोरङको कानेपोखरी गाउँपालिकाको रमाइलो बजारमा आयोजित खबरदारीसभा तथा दोस्रो गाउँ सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष दाहालले पछिल्लो समय माओवादी केन्द्रको ‘एजेन्डा’प्रति जनताको आकर्षण बढेको बताए ।
स्थानीय तहको उपनिर्वाचनसम्म आउँदा यो कुराको व्यावहारिक रुपमै पुष्टि भएको उनको भनाइ थियो । जनताको एकताबद्ध प्रयासबाट आफूहरु अगाडि बढ्ने अध्यक्ष दाहालले बताए । आगामी चुनावमा गठबन्धन राजनीतिको भूल नदोहोर्याउने उनको भनाइ थियो ।

प्रतिक्रिया