मुक्कुम्लुङलाई राजनीतिकरण नगर्दा नै सबैको कल्याण हुन्छ



-डा. युवराज संग्रौला ।

पाथीभरामा केवलकार बन्ने कि नबन्ने भन्ने विवाद सांस्कृतिक द्वन्द्वमा परिणत हुने खतरा पैदा भइरहेको छ । कुनै परियोजना बन्दा, त्यसको आर्थिक लाभ मात्र हेरिँदैन । सबैलाई हेक्का होला नि भारतमा नर्वदा बाँध बनाउने परियोजनाका विरुद्धमा बहुगुणाको आन्दोलन । अहिले पाथीभरा पनि विवादको घेरामा छ । यसको समाधान खोज्नु सरकारको दायित्व हो । तर सरकार निर्माताको पक्षमा उभिएको देखिन्छ, सरकारले के बुझ्नु पर्छ भने ‘देशका मालिक नागरिक हुन्’। राज्यका शासक जनताका मालिक होइनन् । अतः

१. अहिलेलाई तत्काल निर्माण बन्द गरेर बौद्धिकहरु, संस्कृतिविदहरु, वातावरणविदहरुलाई मुकुक्लुङ्ग पठाएर अध्ययन गर्न र वातावरण शान्त पार्न आह्वान गर्नुहोस् । आगोमा घिउ नथप्नुहोस्, गाउँमा जनता कुटेर ।

२. सरकारका प्रतिनिधिले जनताका के तर्क हुन् सुन्नुपर्यो धैर्यताका साथ। विज्ञहरुले ती तर्कको विश्लेषण गर्छन् तब मात्र वार्ताका बुँदा तयार हुन्छन् । वार्ता भनेको फकाएर काम फत्ते गर्ने परिपन्च होइन ।

३. परिस्थितिलाई सहज पार्न मेलमिलाप विज्ञहरुलाई पठाउनुहोस् । जनता भेडाबाख्रा होइनन् । सरकारमा बस्नेका हिजो राजा हुँदा नागरिक प्रजा थिए। अहिले दलतन्त्रमा नागरिकले झोले हुनुपर्ने बाध्यता छ। हिजो एमसीसीका समयमा पनि जनता कुटिकुटी पास गर्नुभयो । खोइ आज देउवा, माधव र प्रचण्डको व्याख्यात्मक टिप्पणी ? यी घटना किन घटिरहेका छन् ? एकातिर देश वित्तीय पुँजीवादको बन्धक बनेको छ भने अर्कोतिर लोकतन्त्रका नाममा नागरिकतन्त्रको उन्नयन गर्ने होइन दलतन्त्र खडा गरिएको छ । अनि देशको समृद्धिको उपाय खोज्ने र उन्नत राज्यव्यस्थाको निर्माण कसरी हुन्छ भन्ने बहस कतै छैन ।

तत्काल निर्माणको काम बन्द गरी सद्भाव निर्माणको काममा ध्यान दिनुहोस् । अन्यथा ताप्लेजुङ्ग, पाँचथर, इलाम र तेह्रथुमका सबै जनताले सामूहिक निर्णयको अह्वान गर्नुपर्ने परिस्थिति आउन सक्छ । यो कुरालाई राजनीतिकरण नगर्नुले नै सबैको कल्याण हुन्छ । केही अभद्र चाहना पोख्ने खेल हुनसक्छ। अभियन्ताहरु सजग हुनुहोस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एकसय १८ घण्टा २१ मिनेट चलेको हिउँदे अधिवेशनमा ५ वटा विधेयक पारित

काठमाडौँ । संघीय संसदको हिउँदे अधिवेशन आजराति १२ मध्यरातदेखि अन्त्य हुँदैछ । गत

काठमाडौंको तिनकुनेमा हिंसात्मक प्रदर्शन र तोडफोडमा संलग्न भएको आरोपमा थप २४ जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको तिनकुने घटनामा संलग्न रहेको अभियोगमा थप २४ जनालाई पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब बिहान ६ देखि राति १२ बजेसम्म खुला रहने

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आजदेखि दैनिक १८ घण्टा सञ्चालनमा आएको छ ।

विशेष अदालतमा प्रतिवादीका पक्षमा बकपत्र गर्ने सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सरकारी साक्षीले प्रतिवादीलाई सहयोग पुग्ने गरी बयान