तनाव बढेपछि ताप्लेजुङको फुङलिङमा निषेधाज्ञा जारी
ताप्लेजुङ । ताप्लेजुङमा नो केबुलकार समूहको प्रदर्शन उग्र बन्न थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । पाथीभरा क्षेत्रमा केबुलकार निर्माणको विषयलाई लिएर प्रदर्शन दिनहुँ प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले आइतबार बिहानदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो ।
आइतबार बिहान ५ बजेदेखि लागू हुने गरी जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङले फुङलिङ नगरपालिकाको बजार र काफ्लेपाटी–बल्लुडाँडा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो ।
प्रशासनले फुङलिङ नगरपालिका–७, सल्लेरी, घोडेचौर (थलाङ धारा क्षेत्रसम्म), वडा नम्बर –४, उकालीपानी र वडा नम्बर– ६, शेर्पा टोल (भेटनरी कञ्चनजंघा टोल) लाई निषेधित क्षेत्र घोषणा गरेको छ ।