पशुपतिको जलहरी प्रकरणः आरोपीहरुलाई सफाइ दिने विशेषको फैसलाविरुद्ध अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पशुपतिको जलहरी प्रकरणको मुद्दामा सर्वोच्च अदालत गएको छ ।
विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै अख्तियार सर्वोच्च गएको हो । शुक्रबार अख्तियारले आरोपीलाई सफाइ दिने विशेषको फैसलाविरुद्ध पुनरावेदन गरेको हो । विशेष अदालतले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवहरु डा. प्रदीप ढकाल र डा. मिलनकुमार थापालाई सफाइ दिएको थियो ।
झन्डै डेढ किलो सुन हिनामिना गरेको आरोपमा अख्तियारले कोषका तत्कालीन कोषाध्यक्ष डा. मिलन थापा, सदस्य सचिव प्रदीप ढकाल र विशेष नाइके अरुण कुमार श्रेष्ठ विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।