रोलरको ठक्करबाट काठमाडौँमा एकजनाको मृत्यु



काठमाडौँ । काठमाडौँ महानगरपालिका–१३ पुरानो कालीमाटीस्थित निर्माणाधीन सडकमा रोलरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धादिङको गङ्गाजमुना गाउँपालिका–५ बस्ने ५५ वर्षीय साने गुरुङ रहेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

घटनापछि फरार रहेका रोलरका चालक मकवानपुरका उमेश स्याङतानलाई काठमाडौँको नागार्जुन नगरपालिका–१० स्युचाटारबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयलका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

उनका अनुसार चालकलाई पक्राउ गरी आजै थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई प्रहरी वृत्त कालीमाटी पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
११ खर्ब १५ अर्बको वैदेशिक व्यापारमा आठ खर्ब ६१ अर्ब घाटा

काठमाडौँ । चालु आर्थिक २०८१/८२ को माघ मसान्तसम्म मुलुकले कुल ११ खर्ब १५

मुस्ताङमा सिसा, धातु र प्लास्टिकजन्य फोहर व्यवस्थापन अभियान

म्याग्दी। मुस्ताङमा नकुहिने सिसा, धातु र प्लास्टिकजन्य फोहर व्यवस्थापन अभियान सञ्चालन भएको छ

पाथीभरामा यस वर्षकै बाग्लो हिमपात

फुङ्लिङ् । ताप्लेजुङको पाथीभरा (मुकुमलुङ) क्षेत्रमा यस वर्षकै बाग्लो हिमपात भएको छ ।

कीर्तिपुर ‘जलन अस्पताल’को पीडा

– गौरी प्रधान देशमा राष्ट्रिय स्तरको एक सक्षम, व्यवस्थित र गुणस्तरीय जलन सम्वन्धी