राज्य व्यवस्था तथा सुशासन समितिले निजामती विधेयकमाथि छलफल गर्न बनायो ११ सदस्यीय उपसमिति



काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले निजामती विधेयकमाथि छलफल गर्न उपसमिति गठन गरेको छ ।

समितिको शुक्रबारको बैठकले कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूको नेतृत्वमा ११ सदस्यीय उपसमिति गठन गर्ने निर्णय गरेको हो ।

उपसमितिले विधेयकमाथि छलफल गरी समितिलाई प्रतिवेदन दिने समिति सभापति रामहरि खतिवडाले जानकारी दिए । उपसमितिमा अशोककुमार राई, ईश्वरीदेवी न्यौपाने, चन्दा कार्की भण्डारी, प्रकाश अधिकारी, बुद्धिमान तामाङ, रघुजी पन्त, राजेन्द्र पाण्डे, लिलानाथ श्रेष्ठ, सर्वेन्द्रनाथ शुक्ला र हितराज पाण्डे सदस्य छन् ।

उपसमितिलाई एक महिनाभित्र विधेयकको प्रतिवेदन समितिमा पेस गर्न समय दिइएको सभापति खतिवडाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाथीभरामा यस वर्षकै बाग्लो हिमपात

फुङ्लिङ् । ताप्लेजुङको पाथीभरा (मुकुमलुङ) क्षेत्रमा यस वर्षकै बाग्लो हिमपात भएको छ ।

कीर्तिपुर ‘जलन अस्पताल’को पीडा

– गौरी प्रधान देशमा राष्ट्रिय स्तरको एक सक्षम, व्यवस्थित र गुणस्तरीय जलन सम्वन्धी

शुक्लाफाँटा भ्रमण गर्ने पर्यटकलाई ‘नेचर गाइड’ निःशुल्क

दोधारा चाँदनी ।कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटकलाई पथ प्रदर्शक (नेचर गाइड)

साधारण शेयर बिक्रीका लागि वातावरण बनाइदिन ऊर्जा उद्यमीको आग्रह

काठमाडौं । निजी क्षेत्रका ऊर्जा उद्यमीले आगामी १० वर्षमा २८ हजार पाँच सय