पाथीभरामा केबलकार निर्माणलाई लिएर फेरि तनाव, प्रहरीले हान्यो अश्रुग्याँस


ताप्लेजुङ । केबलकार निर्माणलाई लिएर ताप्लेजुङमा बिहीबार फेरि तनाव भएको छ । आन्दोलनरत समूह र प्रहरीबीच केबलकारको बेस स्टेशन निर्माणस्थल काफ्लेपाटीमा झडप भएको हो । प्रदर्शनकारीले ढुंगामुढा हानेपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले ७ सेल अश्रुग्यास प्रहार गरेका छन् ।

आन्दोलनकारीले केबलकार निर्माणस्थलको माथि पाखाबाट ढुंगा प्रहार गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

निर्माणस्थल कब्जा गर्ने उद्देश्यले अघि बढेका पहिचानवादी आन्दोलनकारीलाई रोक्न खोज्दा ढुंगा हानेर तोडफोडमा उत्रिएपछि उनीहरुलाई पछि हटाइएको प्रहरीले जनाएको छ ।

Video: Itahari News HD