स्वास्थ्यमा सुधार आएपछि पोखराका मेयर अस्पतालबाट डिस्चार्ज
काठमाडौं । पोखरामा भएको बेलुन विस्फोटमा परी घाइते भएका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य उपचारपछि अस्पतालबाट बिहीबार डिस्चार्ज भएका छन् ।
पोखरा भ्रमण वर्ष समारोह उद्घाटन गर्ने क्रममा बेलुन विस्फोट भएपछि घाइते भएका मेयर आचार्य बिहीबार कीर्तिपुरस्थित बर्न अस्पतालबाट उपचारपछि डिस्चार्ज भएका हुन् ।
उनीसँग सोही विस्फोटमा परेर घाइते भएका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल यसअघि नै डिस्चार्ज भइसकेका छन् । आचार्यले डिस्चार्ज भएपछि उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा अस्पताल परिवारप्रति आभार व्यक्त गरेका छन् ।