केआईआईटी घटनालाई सरकारले गम्भीर रूपमा लिएर कूटनीतिक माध्यमबाट समाधान गरेको छः परराष्ट्रमन्त्री राणा



काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली विद्यार्थीको मृत्यु र त्यसपछि विकसित घटनाक्रमलाई नेपाल सरकारले गम्भीर रूपमा लिएर कूटनीतिक माध्यमबाट समाधान गरेको बताएकी छन् ।

ओमनको मस्कटमा आयोजित आठौँ हिन्द महासागर सम्मेलनमा सहभागी भएर बिहीबार स्वदेश फर्किएकी परराष्ट्रमन्त्री राणाले यस विषयमा आफूले ओडिसाका उच्च शिक्षा मन्त्री सूर्यवंशी सुरजसँग फोनमा कुराकानी गरेर नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाहीका साथै त्यहाँका नेपाली विद्यार्थीहरूलाई कलेजमा सुरक्षित वातावरण सहित पठनपाठनको व्यवस्थाका लागि आग्रह गरेको जानकारी दिइन् ।

भारतीय मन्त्री सुरजले पनि उक्त घटनालाई ओडिसा राज्यले गम्भीर रूपमा लिएको र प्रकृतिलाई न्याय र दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय छानबीन समिति गठन गरिएको जानकारी गराएका थिए ।

उनले भनिन् ‘उक्त घटनापछि हामीले तत्कालै कूटनीतिक पहल सुरु गर्यौँ । त्यसपछि विश्वविद्यालयले माफी मागेर विद्यार्थीलाई होस्टेल फर्काएको छ भने दुव्र्यवहार गर्ने कलेजका स्टाफलाई कारबाही गरेको छ ।’

उनले यसमा दिल्लीस्थित नेपाली राजदूतावासले ओडिसा सरकार र विश्वविद्यालय प्रशासनसँग सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेको जानकारी दिइन् ।

त्यसैगरी मन्त्री राणाले ओमानको भ्रमणका क्रममा इरानका परराष्ट्र मन्त्रीसँग विपिन जोशीको अवस्थाबारे छलफल भएको जानकारी दिइन् । उनले भनिन्, ‘मैले इरानको परराष्ट्र मन्त्रीसँग पनि कुरा गरें । त्यो कुरा विपिन जोशीको नै बारेमा मूल छलफल भएको थियो । उहाँले पनि म प्रयास गर्छु भन्नुभएको छ । केही सूचनाहरू मागेका छौ र गम्भीर भएर लागेका छौ भन्नु भएको छ । यही कुरा कतारको प्रतिनिधिहरूले पनि गर्नु भएको थियो ।’

यसको साथै, उनले ओमानसँग कागजको बिक्रीलाई व्यवसायिक गर्ने र पर्यटकको क्षेत्रलाई सुधार गर्ने बारेमा दुईवटा एमओयुहरू साइन भएको पनि बताइन् ।

यस्तै, उनले घरेलु कामदारको रूपमा महिलाहरू जाने विषयलाई पुनःविचार गरेर एउटा टिम बनाएर फिल्ड रिसर्च गरेर नै काम गर्ने पनि बताइन् ।

परराष्ट्रमन्त्री राणा ओमानका विदेशमन्त्री सायद बद्र बिन हमाद बिन हमूद अल बुसैदीको निमन्त्रणामा एक साता लामो भ्रमणका लागि चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओमान भ्रमणमा गएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चिकित्सक संघ र स्वास्थ्य मन्त्रालयबीच नौबुँदै सहमति

काठमाडौं । सरकारसँग ९ बुँदे सहमति भएपछि चिकित्सक संघले आन्दोलनका कार्यक्रम स्थगित गरेको

माओवादीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको मुद्दा लिएर जनजागरण अभियान सञ्चालन गर्ने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले यही फागुन १२ गतेदेखि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति

स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक, चैत ५ मा मतदान

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

पशुपतिको जलहरी प्रकरणः आरोपीहरुलाई सफाइ दिने विशेषको फैसलाविरुद्ध अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पशुपतिको जलहरी प्रकरणको मुद्दामा सर्वोच्च अदालत गएको