तनहुँको व्यासमा विभिन्न जातजातिका कला, संस्कृति झल्किने सांस्कृतिक महोत्सव



तनहुँ। तनहुँको व्यास नगरपालिकामा विभिन्न जातजातिका कला, संस्कृति प्रदर्शन र संरक्षण गर्न बुधबारदेखि तीनदिने सांस्कृतिक महोत्सव सुरु भएको छ।

व्यास नगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा व्यास नगरपालिका–३ खुल्ला मैदानमा सुरु भएको सांस्कृतिक महोत्सव शुक्रबारसम्म सञ्चालन हुनेछ। महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले तनहुँ कला, संस्कृतिले धनी जिल्ला भएकाले मौलिक संस्कृति जगेर्ना गर्नुपर्नेमा जोड दिए।

उनले प्रदेश सरकारले विभिन्न जातजातिका कला, संस्कृति संरक्षणलाई प्राथमिकतामा राखेको बताउँदै कला र संस्कृतिलाई आम्दानीसँग जोड्न आग्रह गरे।

जिल्ला समन्वय समिति प्रमुख शान्तिरमण वाग्लेले नेपालको पहिचान संस्कृति र प्रकृति भएको बताउँदै यसको संरक्षण गर्नुपर्ने बताए। नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का जिल्ला सचिव प्रदीपराज अधिकारीले नगरभित्रका मौलिक संस्कृति संरक्षण गर्ने उद्देश्यसहित आयोजित कार्यक्रम सराहनीय रहेको बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति विश्व बाँस्तोलाले भाषा, संस्कृति लोप हुन दिन नहुने उल्लेख गरे। गर्नुभयो । पछिल्लो समय कला, संस्कृति लोपहुँदै गएकाले त्यसको संरक्षण गर्दै अहिलेका पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यसहित कला संस्कृतिको संरक्षण गर्न पहल गरिएको प्रज्ञा प्रतिष्ठानका सदस्य देवीबहादुर बस्नेतले जानकारी दिनुभयो ।

नगर प्रमुख एवं व्यास नगर प्रज्ञा प्रतिष्ठानका कुलपति वैकुण्ठ न्यौपानेले नगरभित्रका अधिकांश समुदायका कला, संस्कार, संस्कृति, इतिहास, पुरातात्विक क्षेत्र लोपोन्मुख भएकाले संरक्षण गर्न महोत्सव गरिएको बताए।

महोत्सवमा विभिन्न जातजातिका बालन नाच, भजन, चुड्का, कौराहा, सोरठी, स्वराही, पाउदुरे, शङ्खध्वनि, झ्याउरे, घाँटु नाचका साथै मूर्ति, चित्रकलालगायतको प्रदर्शनी गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बस्ती बसेको ५१ वर्षपछि खानेपानीका लागि पहल

तनहुँ । तनहुँको सदरमुकाम दमौलीदेखि करिब तीन किलोमिटर पूर्वमा छ, व्यास नगरपालिका–१ भद्रुडाँडा

राज्य व्यवस्था तथा सुशासन समितिले निजामती विधेयकमाथि छलफल गर्न बनायो ११ सदस्यीय उपसमिति

काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले निजामती विधेयकमाथि छलफल गर्न उपसमिति

माघमा देशभर चार सय ७८ आगालागीका घटनामा २२ जनाको मृत्यु, ८७ घाइते

काठमाडौं। माघमा मात्रै मुलुकभर चार सय ७८ वटा आगलागीका घटना भएका छन् ।

महाशिवरात्रिमा पशुपतिनाथ आउने भक्तजनलाई धेरै सुविधा दिने तयारी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा