एमसीसी परियोजना स्थगित



काठमाडौं । अमेरिकाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना स्थगित गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको कार्यकारी आदेशअनुसार परियोजना स्थगित भएको अर्थ मन्त्रालयले जनाएको छ । ट्रम्पले कुनै पनि अमेरिकी विदेशी सहायता रकम ९० दिनका लागि स्थगित गर्ने कार्यकारी आदेश जारी गरेका थिए । त्यसअनुसार यूएसएडका कार्यक्रमहरू रोकिएको यसअघि नै अर्थ मन्त्रालयले जनाएको थियो ।

तर, एमसीसीबारे भने अन्योल कायम रहेका बेला मंगलबार अर्थ मन्त्रालयले एमसीसीको रकम पनि रोकिएको जनाएको हो । एमसीसी र नेपाल सरकारको रकमबाट अन्तरदेशीय प्रसारण लाइन र सडक स्तरोन्नति परियोजना अगाडि बढाइएको थियो । यो परियोजना पाँच वर्षभित्र सक्ने गरी कामहरू धमाधम भइरहेका थिए । जग्गा अधिकरणलगायतका कामहरू भइरहेका बेला अनुदान रोकिएसँगै नेपालको संसदले समेत ठूलो कसरतका साथ अनुमोदन गरेको यो परियोजनाको भविष्य नै अन्योलमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नयाँ प्रकृतिका सुरक्षा चुनौती बढ्योः सेना

काठमाडौँ । रक्षामन्त्री मानवीर राईले राष्ट्र सेवाप्रति देखाएको अविचलित समर्पण भावबाट नेपाली सेना

मानव अधिकार आयोगद्वारा प्रकृति लम्साल मृत्युबारे छानबिन गर्न भारतको मानव अधिकार आयोगलाई पत्राचार

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कालिंगा इन्सिटच्युट अफ इन्डष्ट्रियल

पृतनापति समन्वयात्मक बैठक सुरु

काठमाडौँ । रक्षामन्त्री मानवीर राईले राष्ट्र सेवाप्रति देखाएको अविचलित समर्पण भावबाट नेपाली सेना

रास्वपाको सचिवालय बैठकले गर्यो सात निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टीले सदनमा उठाउनुपर्ने प्रधान राष्ट्रिय मुद्दाहरु र जनजीविकाका