तनहुँको बन्दीपुरमा एमालेका वडाध्यक्षद्वारा सचिवमाथि कुटपिट



दमौली । कार्यक्रमको बिल स्वीकृत नगरेको भन्दै तनहुँको बन्दीपुर गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष बलबहादुर गुरुङले वडा सचिवमाथि कुटपिट गरेका छन् ।

वडाध्यक्ष गुरुङले सोमबार सचिव नवीन भुसालमाथि कुटपिट गरेका हुन् । वडास्तरीय भलिबल कार्यक्रमको बिल स्वीकृत गर्न नमानेको भन्दै वडाध्यक्ष गुरुङले आफूमाथि कुटपिट गरेको वडासचिव भुसालले बताए । घटनाको आठ घण्टापछि प्रहरीले वडाध्यक्ष गुरुङलाई पक्राउ गरेको छ ।

सोमबार बिहान कार्यालय आएर वडाध्यक्षले वडास्तरीय भलिबल कार्यक्रमको बिल स्वीकृत गर्न भनेका थिए । तरसचिव भुसालले कार्यक्रम स्वीकृत नगरिएकाले र शीर्षक नखुलाई आएकाले विल स्वीकृत गर्न नसक्ने बताएका थिए । त्यसपछि उनले सचिवलाई कुटपिट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हत्या आरोपमा काठमाडौंमा दुईजना पक्राउ

  काठमाडौँ । हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिरअगाडि एक युवक मृत भेटिएको प्रकरणमा प्रहरीले

‘माओवादी संविधान संशोधनको पक्षमा छ’

धरान ।  नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादी संविधान संशोधनको पक्षमा

पृथ्वी राजमार्गको पूर्वी खण्डमा ७७ दशमलव सात प्रतिशत प्रगति

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत पृथ्वी राजमार्गको पूर्वी खण्डमा सडक विस्तार कार्य ७७ दशमलव

स्वास्थ्यमा सुधार आएपछि पोखराका मेयर अस्पतालबाट डिस्चार्ज

काठमाडौं । पोखरामा भएको बेलुन विस्फोटमा परी घाइते भएका पोखरा महानगरपालिकाका मेयर धनराज