वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ



काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी संयुक्त अधिराज्य, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानाडा, अजरबैजान र मरिसस पठाइदिन्छु भन्दै ठगेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।

धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–३ का दिनेश अधिकारीले एक युवकलाई संयुक्त अधिराज्य पठाउने भनेर ३२ लाख ५७ हजार ठगेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।

यसैगरी, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–७ का ४१ वर्षीय गणेशबहादुर थापा र काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–४ काफ्लेचोकका ३९ वर्षीय दिनेश प्रसाद अधिकारीले क्यानाडा, अजरबैजान र मोरिसस पठाइदिन्छु भन्दै १४ जना पीडितहरूबाट ७१ लाख ७० हजार लिएर सम्पर्कविहीन भएको पीडितहरूको उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई गत बुधबार पक्राउ गरेको समाचारकक्षको आजको समाचार बुलेटिनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जनताको अवस्था बदल्न एकताबद्ध प्रयास गरौँः अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको

लोकतन्त्रको रक्षा गर्नु हाम्रो साझा दायित्व होः अध्यक्ष नेपाल

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष  माधवकुमार नेपालले देशमा लोकतन्त्रको सुदृढीकरण, दिगो

मुलुकभर आज ७५ औं प्रजातन्त्र दिवस मनाइँदै

काठमाडौं । आज ७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना

भारतद्वारा केआईआईटी घटना छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । काठमाडौंस्थित भारतीय दूतावासले नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र सम्बन्धित घटनाक्रमको