पशुपतिनाथलाई गोवा राज्यका मन्त्री रानेद्वारा ३५ केजी चन्दन अर्पण



 

काठमाडौँ । पशुपतिनाथलाई भारतको गोवा राज्यका स्वास्थ्य तथा सहरी विकास मन्त्री विश्वजीतप्रताप रानेले ३५ केजी चन्दन उपलब्ध गराएका छन् ।

परराष्ट्रमन्त्री डा आरजु राणा देउवामार्फत उनले पशुपति क्षेत्रमा आयोजित कार्यक्रममा चन्दन उपलब्ध गराएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिए  ।

सो अवसरमा परराष्ट्रमन्त्री राणाले नेपाल–भारतबीच सदियौँदेखि सांस्कृतिक एवं सामाजिक सम्बन्ध रहँदै आएकाले त्यसलाई अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिएका थिए ।

गोवाका मन्त्री रानेले द्विपक्षीय सम्बन्ध विस्तार गरी नेपालको धार्मिक, सांस्कृतिक पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

पशुपतिनाथका मूल अर्चक गणेश भट्टले रानेलाई विशेष पूजासमेत गराएका थिए । मूल अर्चक भट्टको पहलमा मन्त्री रानेले पशुपतिनाथलाई चन्दन चढाएका हुन् ।

गोवाका मन्त्री रानेले मङ्गलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई भेट गरी दुवै देशबीचको धार्मिक, सांस्कृतिक सम्बन्धलाई अझै मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भ्रष्टाचार मुद्दामा पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव सुशील नाहाटासहित नौ जना दोषी ठहर

काठमाडौं । सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा एमाले नेतासहित नौ जनालाई दोषी ठहर गरेको

काठमाडौंको शंखरापुरमा एसएस एकेडेमीको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ४० घाइते

काठमाडौँ । काठमाडौंको शंखरापुरमा स्कुल बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

बालिका बन्धक बनाई श्रम शोषणको आरोप लागेकी एमाले सांसदमाथि आयोगले थाल्यो अनुसन्धान

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले नाबालिगलाई घरेलु कामदार बनाएर हिंसा गरेको आरोप

ग्यास उद्योगीको आन्दोलन स्थगित

  काठमाडौँ ।  नेपाल एलपी ग्यास उद्योग सङ्घले विभिन्न माग राखेर बिहीबारदेखि गर्ने