राज्यले अनेकौं आविष्कार केन्द्रको स्थापनाबाट युवाहरूलाई डिजिटल क्रान्तिका योद्धा बनाउनुपर्छ



-डा. युवराज संग्रौला

देशलाइ वर्तमान अवस्थाबाट वा आर्थिक संकट र राजनीति अस्थिरताको चंगुलबाट कसरी मुक्त गर्ने हो भन्ने बारेमा कोही सोच्दैन। अब त अनैतिक अराजकता नै राजनीति भैसक्यो जस्तो छ। के हो देशले हिंड्ने मार्ग ? कसैलाई चासो छैन। के गर्दैछन् मान्छे, जसलाई देशको जिम्मा छ विकासको ?

१. देशले १५ खर्बको आयात गर्छ र डेढ खर्बको निर्यात । तर मेरा राजधानीमा विदेशबाट आयात भएको ग्रेनाइट फुटपाथमा बिछ्यार शहर सिंगारिदै छ र जमात ताली पिट्दैछ । यही हो विकास ?

२. सामाजिक संजालमा देशको भविष्य बनाउनेहरु रचना र सिर्जनाका कुरा गर्दैन। देशलाई समृद्धिको बाटो देखाउँदैनन् । बरु हिंसाका कुरा गर्छन् र घृणाको खेती गर्छन् ।

३. देशको संसदमा देशका चुनौतीको बहस हुँ दैन। यहाँ त एकले अर्कालाई सराप्छन्, गाली गर्छन्, हिजो के बोलेको थिएँ र आज के बोल्दै छु भन्ने ख्यालै नगरी डुक्रिन्छन् । यहाँ बुद्धिको होइन षड्यन्त्रको खेती हुन्छ। यहाँ तान्डव हुन्छ र यसलाई लोकतन्त्र भन्छन् ।

यथार्थमा देशलाई आज संकटबाट निकाल्ने बेला हो । त्यसैले

हामीले उत्पादनको अभियान निर्माण गर्ने बेला हो । हाम्रो राजनीति कुसंस्कारले अस्थिरताको चंगुलमा फंसेको छ । अस्थिरताका कारण राजनीति दल र विदेशी तत्व हुन् । हाम्रो उत्पादन विसर्जन भएको छ। हाम्रो राज्यको सुरक्षाले चुनौतीको सामना गरि रहेको छ। यी तीन कारणले निर्माण गरेको संकट नै आजको हाम्रो अवस्था हो। यो अवस्थालाई परिवर्तन गर्नुपर्छ। तर यो अवस्था वा संकटलाई बदल्न हामीले असफल राज्यसंरचना, नीति र कानुनलाइ बदल्नुपर्छ । र, त्यसका लागि नयाँ विचार, नयाँ लक्ष्य र नयाँ रणनीति चाहिन्छ। न त गठबन्धन संकट मोचनको उपाय हो न त कुनै व्यक्तिको परिवर्तन नै संकट मोचनको उपाय हो । उपाय त बिसर्जित उत्पादनलाई पुनःस्थापना हो, राजनीतिमा नयाँ सोचको उत्पति हो, र राज्यका अंग र नीतिहरुको पुनःसंरचना गर्नु हो।

हामीले ‘राज्य केही नेताको दास भयो भन्ने बुझ्नु पर्छ । परिवर्तनका नाममा हामी सनक र चटकका खेताला हुन पनि छोड्नु पर्छ । हामीले राज्यको स्वाधिनताका लागि छिमेकीहरुसँग वार्ता गर्नुपर्छ र उनीहरु सँगसँगै ब्रिक्सको यात्राको मार्ग बनाउनुपर्छ । हामीले हाम्रो शिक्षालाई विदेशीको चंगलुबाट निकालेर राष्ट्रको पिकासको आधार बनाउनुपर्छ । राज्यले अनेकौं आविष्कार केन्द्रको स्थापनाबाट युवाहरूलाई डिजिटल क्रान्तिका योद्धा बनाउनुपर्छ ।

हानीले केन्द्र शहर र वृत्त शहरको नयाँ ढाँचाबाट राज्यको भौतिक निर्माण गर्दै देशभरी काठमाडौंलाई छर्नुपर्छ । यो हो राजनीति । २००७ साल देखिका पार्टीहरु विचारहीन भए। अब उनीहरुले देश चलाउन सक्तैनन् । विकल्प भन्नेलाइ त विचारै चाहिन्न । उनीहरु सेलिब्रेटी खोज्छन् । यी पहिलो र दोस्रो धारका उत्पति अब बिलयका पात्र मात्र हुन् । नयाँ उत्पति त अब तेस्रो धारको जसले उदारवादका असफलताको व्यख्या गर्दै’ राज्यमा नागरिकहरुलाई देशका मालिक बनाउँछ ‘ अब देशले दिशान्तर गर्नुपर्छ राजनीतिमा तेस्रो धारको आधुनिक विचारको सिर्जना गरेर । प्रकृतिको नियम ‘बिलय र उत्पति’ सिद्धान् तबाट निर्देशित हुन्छ।

२००७ साल बिलायो र २०१७ को उत्पति भयो। २०३७ सालमा २०१७ साल बिलायो र २०४७ सालको उत्पत्ति भयो। २०४७ साल २०६३ बाट बिलय भयो। अब २०६३ साल बिलाउँछ। त्यसैले स्थिर व्यवस्थाका लागि लामो समयसम्म नबिलाउने नयाँ विचारको उत्पति जनताले खोजेको कुरा हो । के कस्तो हुन्छ ? यो विमर्श र संवादले निर्णय गर्ने कुरा हो । सडकमा ग्रेनाइड छापेर वा सडकमा मान्छे काटेर विचारको उत्पति हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । जुम्ला जिल्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय

पर्यटक र पूर्वाधारका पर्खाइमा म्याग्दीको रुघाचौर

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पर्ने रुघाचौर पर्यटक र पूर्वाधारको पर्खाइमा छ

१५ हजार मेगावाट विद्युत् निर्यातका लागि प्रसारण लाइन निर्माणको ‘मोडालिटी’बारे नेपाल र भारतबीच सहमति

काठमाडौँ। नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन निर्माणको मोडालिटीमा सहमति भएको छ ।

तमानखोलाको नर्जाखानीमा विद्युत् आपूर्ति नहुँदा सेवा प्रवाहमा समस्या भएको

ढोरपाटन । बागलुङ जिल्लाको विकट तमानखोला गाउँपालिका–६ नर्जाखानीमा विद्युत् आपूर्ति नहुँदा सेवा प्रवाहमा