भ्रष्टाचार हुने देशको सूचीमा नेपाल ३४ अंकसहित १०७ औं स्थानमा, साउथ सुडान विश्वकै भ्रष्टाचार गर्ने मुलुक



काठमाडौं । नेपाल भ्रष्टाचारको सूचकांकमा एक स्थान खस्किएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार विश्वव्यापी रुपमा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांकमा नेपाल एक स्थान खस्किएको छ ।

गतवर्ष नेपाल ३५ अंक सहित १०८ औं स्थानमा थियो भने यसवर्ष ३४ अंकसहित १०७ औं स्थानमा झरेको छ । यस नतिजाले भ्रष्टाचारविरुद्ध नेपालमा प्रभावकारी रूपले काम कारबाही अगाडि बढाउन आवश्यक देखिएको ट्रान्सपरेन्सीले औँल्याएको छ ।

डेनमार्क विश्वकै कम भ्रष्टाचार हुने देशमा परेको छ । डेनमार्कले कुल १०० मध्ये ९० अंक प्राप्त गरेको छ । ५० भन्दा कम अंक पाउनेहरु भ्रष्टाचारले व्याप्त मुलुककै सूचीमा पर्छन् ।

साउथ सुडान विश्वकै भ्रष्टाचार हुने देशको एक नम्बरमा परेको छ । कुल १०० अंकमा साउथ सुडानले जम्मा ८ अंक प्राप्त गरेको छ । ट्रान्सपरेन्सीका अनुसार सूचकांकमा १०० अंकले अति स्वच्छ र शून्य अंकले अतिभ्रष्ट भन्ने जनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिरहामा महायज्ञ विवाद प्रकरणः पीडित परिवारद्वारा तीन जनाविरुद्ध प्रहरीमा जाहेरी

सिरहा ।  सिरहाको औरही गाउँपालिका—५ मा महायज्ञका नाममा जातीय विभेद गरिएको घटनाका घटनाका

दलको विकल्प राजसंस्था कुनै पनि अवस्थामा हुनसक्दैनः महासचिव गुरुङ

गोरखा । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले देशलाई अस्थिरतातर्फ धकेल्ने षड्यन्त्र

संखुवासभाको सिद्धानेखर्कमा चट्याङ लागेर ४० भेडा मरे

किमाथाङ्का । सङ्खुवासभाको मकालु गाउँपालिका–३ सिद्धानेखर्कमा चट्याङ लागेर ४० भेडा मरेका छन् ।

नेपालमा समस्या मात्रै छन् भनेर बनाउन खोजिएको भाष्य सत्य होइनः गृहमन्त्री लेखक

नवलपुर ।  गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प अन्य कुनै व्यवस्था हुन नसक्ने बताएका