सानदार मः म पसलमा सिलिण्डर विष्फोट भइ आगलागी हुँदा घाइते भएका २ जनाको मृत्यु
काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित सानदार मःम पसलमा ग्यास सिलिण्डर विष्फोट हुँदा घाइते भएका मध्ये दुई जनाको मृत्यु भएको छ ।
कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा रविन राई र भीमबहादुर घलेको गएराति मृत्यु भएको काठमाडौं प्रहरी परिसका प्रमुख एसएसपी विश्व अधिकारीले जानकारी दिए । ग्यास सिलिण्डर विष्फोट हुँदा मःम पसलका ११ कर्मचारी घाइते भएका थिए ।
नौ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ । सानदार मःम पसलमा गत बिहीबार विष्फोट भएको थियो ।