यी हुन् केयुको उपकुलपतिका १० प्रतिस्पर्धी
काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपतिका लागि अन्तिम १० जना प्रतिस्पर्धीको सूची सार्वजनिक गरिएको छ ।
छनोट समितिले उपकुलपतिका लागि आवेदन दिएका २० जनामध्येबाट वर्णानुक्रम अनुसार १० जनाको सूची सोमबार सार्वजनिक गरेको हो ।
सूचीमा प्राध्यापक डा. अच्युत वाग्ले, कन्हैया झा, जनार्दन लामिछाने, बालचन्द्र लुइँटेल, विभूति रञ्जन झा, वेदमणी दाहाल, भोला थापा, राजेन्द्र प्रसाद कोजु, श्याम नारायण लाभ र सुबोध शर्मा परेका छन् ।
छनोट समितिले उनीहरुमध्येबाट ३ जनाको नाम कुलपतिसमक्ष सिफारिस गर्ने छ । उनीहरुको आगामी फागुन २ र ३ गते अन्तर्वार्ता हुनेछ ।