धरानमा भ्यानको ठक्करबाट स्कुटी चालकको मृत्यु



धरान । बराहक्षेत्र नगरपालिका–१ स्थित कोशीपुलमा भ्यानको ठक्करबाट स्कुटी चालकको मृत्यु भएको छ ।

आज चतराबाट धरानतर्फ आउँदै गरेको प्रनं १–०२–००२च ५४७९ नम्बरको भ्यानले सोही दिशाबाट आउँदै गरेको प्रनं १–०२–०५१ प ४९९५ नम्बरको स्कुटी चालकलाई ठक्कर दिँदा धनकुटा शहिदभुमी गाउपालिका–१ का २५ वर्षीय सुमन राई गम्भीर घाइते भएका थिए ।

घाइते राईको बराहक्षेत्र–१ स्थित चतरा अस्पतालमा उपचारको क्रममा दिउँसो १ः३५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिए। शव धरानस्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टमका लागि पठाइएको छ ।

ठक्कर दिइ भागेका भ्यान चालक उदयपुर बेलका नगरपालिका–३ का २१ वर्षीय सविन साह तेलीलाई इलाका प्रहरी कार्यालय चक्रघट्टीले नियन्त्रणमा लिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यी हुन् केयुको उपकुलपतिका १० प्रतिस्पर्धी

काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपतिका लागि अन्तिम १० जना प्रतिस्पर्धीको सूची सार्वजनिक गरिएको

कञ्चनजङ्घा आरोहणको ७० वर्षः ‘हीरक महोत्सव’ हुने

फुङ्लिङ । कञ्चनजङ्घा हिमालको पहिलो सफल आरोहण भएको ७० वर्ष पुगेको उपलक्ष्यमा ‘कञ्चनजङ्घा

दुई तिहाइको सरकारलाई अध्यादेशको जरुरी छैनः शेखर कोइराला

  भक्तपुर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अध्यादेशबाट देश चलाउन खोज्नु

पूर्वडीआईजी जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत रुपन्देहीको आदेश

बुटवल । रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले पूर्वडीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि