सहकर्मीसँग फेसबुकबाट ‘नमरी बाँचे, कालले साँचे…’, भन्दै बिदा भए हितेन्द्रदेव



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सेवा अवधि सकिएर बिदा भएका छन् ।

आफ्नो कार्यकाल बाँकी हुँदै कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरिएपछि न्याय माग्दै शाक्य सर्वोच्च अदालत पुगेका थिए । तीन वर्षमा उनले ३१ पटक सर्वाेच्च अदालतमा तारिख धाएपनि कुनै निर्णय हुन नसकी सोमबार उनी बिदा भएका हुन् ।

कार्यकाल छँदै न्याय नपाएपछि सोमबार उनले सामाजिक संजालमार्फत सहकर्मीसँग बिदा लिएका छन् । उनले भनेका छन्, ‘धन्यवाद, बाइ बाइ, नमरी बाँचे कालले साँचे, फेरि भेट होला, तब सम्मलाइ बिट मारें है त, नेपाल विद्युत प्राधिकरण र सम्पूर्ण सहकर्मी साथीहरू । जय होस् ।।।।’

उनलाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २७ माघ २०७७ मा चार वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो । तर शेरबहादुर देउवा नेतृत्वको सरकार आएपछि शाक्यलाई हटाउँदै कुलमान घिसिङलाई कार्यकारी निर्देशक नियुक्त गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपतिले वैशाख १९ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने

वार्ताबाट शिक्षक आन्दोलन टुङ्गिने दिशातर्फ उन्मुख : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सरकारले शिक्षकहरुका माग वार्ताका माध्यमबाट समाधान गर्ने भएको छ । सोमबार

सर्लाहीको धनकौल-६ का वडाध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको धनकौल गाउँपालिका–६ का वडाध्यक्षसहित नौ जनाविरुद्ध

खुम्बु क्षेत्रमा भारी हिमपात

सोलुखुम्बु । उच्च हिमाली क्षेत्र खुम्बुमा आइतबारदेखि लगातार भारी हिमपात भइरहेको छ। हिमपातका कारण पर्यटक