सप्तरीको बोदे बरसाइनस्थित हुलाकी राजमार्गबाट सात सय २६ केजी गाँजा बरामद



सप्तरी। सप्तरीको बोदे बरसाइन नगरपालिका–३ स्थित हुलाकी राजमार्गबाट सात सय २६ केजी गाँजा बरामद भएको छ।

बिहुल पुलभन्दा एक सय मिटर पूर्वतर्फ प्र.१–०२–००२ च ५८३८ नम्बरको स्कारपियोबाट आज उक्त परिमाणको गाँजा बरामद भएको हो।

मौवहा मल्हनिया प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक हेमन्त तामाङका अनुसार सवारीसाधनका चालक फरार छन्। निजको खोजी भइरहेको छ।

गत पुस २७ गते पनि बलान बिहुल गाउँंपालिका–१ कमलदाहाबाट ६७० किला तथा मङ्सिर ४ गते जिल्लाको राजगढ गाउँपालिका–४ बेल्ही चपेनाबाट टिपर र चालकसहित एक हजार सात सय १७ किलो गाँजा बरामद भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कस्तो बन्दै छ पाथीभरामा केबलकार ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार निर्माणले पाथीभराको धार्मिक

बाँझो जग्गामा सामूहिक आलुखेती

खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीका ३३ घर किसानले बाँझो जग्गामा सामूहिक

खानेपानीमन्त्रीको कार्यकक्षमा भएको आगलागीबाट ५० लाख बराबरको क्षति

काठमाडौँ । खानेपानी मन्त्रालयमा शनिबार बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति

वित्तीय व्यवस्था शीर्षकको सबै प्रदेशको बजेट खर्च शून्य

काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा प्रदेशहरूको बजेट खर्च निराशाजनक देखिएको छ