क्षतिग्रस्त वीपी राजमार्ग पुनर्निर्माण तत्काल सुरु गर्न सरकारसँग सांसद दाहालको माग



काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले गत असोज दोस्रो साता आएको बाढीपहिरो पीडितका लागि राहत, पुनःस्थापना तथा पुनःनिर्माणका काममा ढिलाइ भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा सांसद दाहालले बिपी राजमार्ग अहिलेसम्म पनि पुनःनिर्माण सुरु हुन नसकेको भन्दै तत्काल बजेटको व्यवस्था गरी काम थाल्न आग्रह गरेका हुन् ।

उनले बाढी गएको लामो समयसम्म पनि पुनर्निर्माण र राहतका लागि सङ्घीय सरकारको उपस्थिति नभएको भन्दै आवश्यक बजेटको व्यवस्था गरेर राजमार्ग पुनर्निर्माण गर्न माग गरे ।

उनले भने, ‘असोजमा गएको बाढीबाट क्षतिग्रस्त भएको वीपी राजमार्ग पुनर्निर्माण र पीडितलाई राहत दिने काममा सङ्घीय सरकारको उपस्थिति देखिएन । वीपी राजमार्गको पुनर्निर्माण नै सुरु भएन । त्यतिमात्र होइन, त्यहाँ चलेका अवैध क्रसरका कारण रोशीमा पानी भन्दा बढी लेदो बग्छ ।’ उनले सभामुखमार्फत अवैध क्रसरमा रोक लगाइदिन रुलिङको माग गरे ।

उनले भने, ‘वीपी राजमार्गको पुनर्निर्माणमा १० अर्ब बजेट लाग्ने अनुमान छ तर ५० करोड रकम विनियोजन गरेर अस्थायी रूपमा पुनर्निर्माण गर्न सकिन्छ । त्यसो गरियो भने दशौँ हजार गाडी आवतजावत गर्न सक्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
खोकनाको जग्गा अधिग्रहणसम्बन्धी समस्यालाई विकल्प तयार गरी अवरुद्ध काम अघि बढाइने

काठमाडौँ । राष्ट्रिय गौरवको काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनामा चुनौतीका रूपमा देखिएको खोकना इलाकाको

नेपाली एकल महिलाको मुद्दा राष्ट्रसङ्घीय ‘सिड’ कमिटीमा प्रवेश

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धिसम्बन्धी ‘सिड’

सरकारले नयाँ पुस्तालाई विदेश जान नपर्ने वातावरण सृजना गर्नसक्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा राष्ट्र निर्माण र विकास मूल खम्बा हुनुपर्ने बताएका

चितुवाको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु

बर्दिया । बर्दियामा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । शुक्रबार चितुवाको