क्षतिग्रस्त वीपी राजमार्ग पुनर्निर्माण तत्काल सुरु गर्न सरकारसँग सांसद दाहालको माग



काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले गत असोज दोस्रो साता आएको बाढीपहिरो पीडितका लागि राहत, पुनःस्थापना तथा पुनःनिर्माणका काममा ढिलाइ भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा सांसद दाहालले बिपी राजमार्ग अहिलेसम्म पनि पुनःनिर्माण सुरु हुन नसकेको भन्दै तत्काल बजेटको व्यवस्था गरी काम थाल्न आग्रह गरेका हुन् ।

उनले बाढी गएको लामो समयसम्म पनि पुनर्निर्माण र राहतका लागि सङ्घीय सरकारको उपस्थिति नभएको भन्दै आवश्यक बजेटको व्यवस्था गरेर राजमार्ग पुनर्निर्माण गर्न माग गरे ।

उनले भने, ‘असोजमा गएको बाढीबाट क्षतिग्रस्त भएको वीपी राजमार्ग पुनर्निर्माण र पीडितलाई राहत दिने काममा सङ्घीय सरकारको उपस्थिति देखिएन । वीपी राजमार्गको पुनर्निर्माण नै सुरु भएन । त्यतिमात्र होइन, त्यहाँ चलेका अवैध क्रसरका कारण रोशीमा पानी भन्दा बढी लेदो बग्छ ।’ उनले सभामुखमार्फत अवैध क्रसरमा रोक लगाइदिन रुलिङको माग गरे ।

उनले भने, ‘वीपी राजमार्गको पुनर्निर्माणमा १० अर्ब बजेट लाग्ने अनुमान छ तर ५० करोड रकम विनियोजन गरेर अस्थायी रूपमा पुनर्निर्माण गर्न सकिन्छ । त्यसो गरियो भने दशौँ हजार गाडी आवतजावत गर्न सक्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मदन राईलाई साढे २ वर्ष कैद सजाय

खोटाङ । बालयौन दुरुपयोगको अभियोगमा मदन राईलाई अदालतले साढे २ वर्ष कैद सजाय

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमणका दुई आरोपी धरौटीमा रिहा, एकजना जेल चलान

काठमाडौं । जिल्ला अदालत काठमाडौंले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गरेको आरोपमा पक्राउ

निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई समान निर्वाह भत्ता दिने निर्णय

  काठमाडौँ । प्रधानमन्त्री  केपी शर्मा ओलीका अध्यक्षतामा शुक्रबार भएको चिकित्सा शिक्षा आयोगको

बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा पोखरामा परेड अवलोकन

गण्डकी । संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार एडिनब्राका ड्यूक एड्वर्ड र अधिराजकुमारी डचेस सोफीले