कठै मेरो देशः सिमेन्टका जनावरका मूर्ति बनाउँछ, तर स्वास्थ चौकी बन्द हुन्छ



 

डा. युवराज संग्रौला ।
हरेक स्वतन्त्र देशको आफनो राज्य प्रणाली हुन्छ । यो राज्य प्रणालीले सेवा गर्ने नागरिक हुन्छन् । र, नागरिक बस्ने जमिन हुन्छ जसलाई देश भनिन्छ । यो देशका नागरिकको राज्यले आफ्नै स्वाधीन निर्णयबाट आफ्नो देशको सुरक्षा, नागरिकको समृद्धि र आफ्नो मौलिकता जोगायो भने त्यो देशलाई स्वतन्त्र राज्य–राष्ट्र ( पश्चिमी राजनीतिक दर्शनमा रास्ट्र राज्य) भनिन्छ। यो सोझो दर्शनको पानसबाट हामी कहाँ चुक्यौं ? हामीले यो प्रश्न आफैंलाई पटक पटक सोध्नुपर्छ।

१. विगत ६ महिनामा मैले देशका विभिन्न जिल्लाका बस्तीमा पुगेर नागरिकहरुसँग कुरा गरें र हेरें । जंगलमाथि अतिक्रमण भएको छ । जमिन बाटो र घडेरीका नाममा डोजरबाट रक्ताम्मे भएको छ। बाटाहरु बाढी र पहिरोले क्षतविक्षत भएका छन् । बाटोको धुलोले फलफुलका बोटबिरुवा धुस्रा भएका छन् । पानीका मुहानहरु सुकेका छन् । जंगलमा रुखहरु मरेका छन् । प्रकृति ध्वस्त भएको छ । अर्थात् राज्य प्रणालीले नागरिकको सेवा गर्न छोडेको छ।

२. ठाउँठाँउमा बजार बढेका छन् । त्यहाँ पिउने सेवा दिने रेस्टुरेन्ट कति छन् कति ! ट्रकहरुले बियर र रक्सी लान्छन् । जताततै बोतलका पहाड खडा भएका छन् । तर उताबाट ट्रक रितै फर्कन्छन् । उता गाउँगाउँमा ट्याक्टरले रुखका मुढा बाटामा ल्याएर खसाल्छन् । यी मुढा कौडिका दाममा भारत जान्छन् प्लाइउडका लागि । तर घर खेती बाँझा छन् । उत्पादन छैन । थोरै उद्यमीले गरेको उत्पादन बिक्दैन, बजारमा सबै भारतीय र चिनियाँ माल छन् । बारीमा बाँदरले बाली सखाप पार्छन् । बाँदरको प्रकोप रोक्न प्रान्तका मन्त्री र मेयरहरु विदेश भ्रमणमा जाँदारहेछन् । सबै पार्टी मिलेर जाने मान्छे छान्दा रहेछन् । यता नेपालीले पाउने कृषि अनुदान खाने बाँदर दलहरुमा हुँदा रहेछन् । अनुदान जति मिलाएर पार्टीका कार्यकर्ताले लाँदारहेछन् । किसानका वस्तुमा बिचौलिया जातका बाँदर लागेका रहेछन् । दलतन्त्रको शासनमा मानिस राज्यप्रणाली होइन बाँ दरको राज्य चल्दो रहेछ। जंगलमा डोजर, बारीमा बाँदर, छोराछोरी अष्ट्रेलियामा, राजनीतिक दलमा बाँदर र बजारमा पनि बाँदर ।

३. जताततै ठुलठुला गेट । पहरा र गुफामा ढलानका खुट्किला र फलामका रेलिङ्ग र बीच बीचमा सेल्फी हान्ने प्रेमको चिन्ह । ग्रेटवाल, सिमेन्टका जनावारका मूर्ति । तर स्वास्थ चौकी बन्द।

४. मालपोत ब्यस्त छ ओइलानी दर्ता गर्न । नगरपालिका ब्यस्त छ विदेशबाट ५,००० विरुवा ल्याएर एक एक थान किसानलाई बाँड्न । बिल भौचर छन् अतः लेखा परीक्षण राम्रो भएको छ। कतै उद्योग छैनन् । उत्पादन छैन । रैथाने गाइभैंसी बाख्रा भेडा केही छैनन् ।

५. जताततै पर्यटनको नाम सुनिन्छ । स्थानीय सरकार उत्पादन होइन पर्यटनका लागि काम गर्छ। जहाँ थुम्को छ त्यहाँ टावर बनाउँछ । जहाँ गुफा छ त्यहाँ डोजरले खनेर बाटो पुर्यांउँछ । आम्दानी केही छैन, कर पनि उठ्दैन ।

हाम्रो विकासको ढाँचा हो यो । अझ गम्भीर समस्या छन् ।

१. विदेशी सहायताको दुब्र्यसनबाट इबोला सल्केका मान्छेहरु विदेशी सहयोग लिन्छन् । शिक्षामा मात्र २०० मिलियन डलर (६० मिलियन चैं अमेरि काको मात्रै जो अहिले रोकिएछ) आएछ । तर यो वर्ष १ लाख पन्ध्र हजार विद्यार्थी विदेश गए। कृषिमा अमेरिकाको मात्रै २५ मिलियन डलर रहेछ । तर बारी सबै बाँझा छन् । २ खर्ब जतिको त खाद्यान्न भारतबाट आएछ। एक लाखका बाख्रा बाँड्ने एनजिओले २३ लाख खर्च गरेछ। पश्चिमी सहयोगको अनुदान पाउने ३०० जति कम्युनिष्ट एनजिओ रहेछन् । बाख्रालाई थुम्बा लगाएपछि के पाठा जन्मिन्थे त ! एनजिओहरु गाउँगाउँमा महिला, पुरुष, राइ लिम्बू, बाहुन, क्षेत्री सबै बेग्लै जातका नस्ल हुन् भन्दा रहेछन् । अतः कोही छिमेकी छैनन् अब खाली विरोधी मात्रै ।

२. हाम्रो ऋण २६ खर्ब जति पुगेछ ।

३. हाम्रो आम्दानीको ९४% प्रतिशत उपभोगमा सकिँदोरहेछ ।

४. उद्योगहरु सकिन थालेछन् किनकि ती सबै संसदमा पुगेछन् ।

५. सडकमा घृणाको संस्कृति मौलाएको छ । राजनीति चटक बनेको छ। राजनीति चटक बनेछ ।
हाम्रो ७० वर्ष त ‘गोरुलाई गाई मानेर सकिएछ।’ गोरु ब्याएन किनकी गोरु ब्याउँदैन।

किन भयो यस्तो ? किनकी राजनीति र व्यापारको विवाह भयो र ‘उनीहरुबाट भ्रष्टाचार नामको सन्तान जन्मियो।’ त्यो सन्तान विदेशीले पालेर दुब्र्यसनी बनाइदिए । यो दुव्र्यसनले ती बेहुला बेहुलीलाई लट्ठ बनायो । तब बारी, घर, मन्दिर, स्कुल सबै ठाउँमा बाँदर पसे । त्यसैले जंगलमा चिउरी रोपेर बाँदर जंगल पठाउँ । अर्था्त कालो चस्मा लगाएर होइन दुर्बिन लिएर हेरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
होटलमा युवक मृत भेटिएपछि सँगै बसेकी युवती र होटल संचालक पक्राउ

झापा । झापाको एक होटलमा युवा मृत फेला परेका छन् । बिर्तामोडस्थित एभरेष्ट

कालीकोटको नरहरिनाथ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु

कालीकोट । कालीकोटको नरहरिनाथ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

शुभ बिहानी ! ‘बन्दैछ नेपाल’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका परियोजना पूरा गरेरै छाड्ने प्रतिबद्धता