खोङटाङ–चोलन्ती–खावा–पाँचधारे सडक कालोपत्र हुँदै



भोजपुर । खोङटाङ-चोलन्ती-खावा-पाँचधारे सडक कालोपत्र थालिएको छ । मध्यपहाडी लोकमार्गको शून्यविन्दुबाट कालोपत्र थालिएको हो ।

यो सडकखण्डको करिब २५ किलोमिटरमध्ये पहिलो खण्डमा शून्यविन्दुबाट रु दुई करोड ६१ लाख ७१ हजार ६३१ लागतमा कालोपत्र थालिएको स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयले जनाएको छ ।

‘खोङटाङ-चोलन्ती-खावा-पाँचधारे सडकखण्डको शून्यविन्दुबाट कालोपत्रको काम थालेका छौँ,’ टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले भने,’यो सडकको करिब २५ किलोमिटरमध्ये डेढ किलोमिटर कालोपत्र हुन्छ ।’

यही सडकको दोस्रो खण्ड हुँगे गाउँ पुछारबाट पाँचधारेसम्म स्तरोन्नतिको काम पनि भइरहेको छ । यहाँ सडक डिभिजन कार्यालयले रु दुई करोड र कोशी प्रदेश सरकारको रु २५ लाख गरी कूल रु दुई करोड २५ लाख लागतमा स्तरोन्नति गरिरहेको अध्यक्ष बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
होटलमा युवक मृत भेटिएपछि सँगै बसेकी युवती र होटल संचालक पक्राउ

झापा । झापाको एक होटलमा युवा मृत फेला परेका छन् । बिर्तामोडस्थित एभरेष्ट

कालीकोटको नरहरिनाथ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु

कालीकोट । कालीकोटको नरहरिनाथ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

कठै मेरो देशः सिमेन्टका जनावरका मूर्ति बनाउँछ, तर स्वास्थ चौकी बन्द हुन्छ

  डा. युवराज संग्रौला । हरेक स्वतन्त्र देशको आफनो राज्य प्रणाली हुन्छ ।

झापाबाट काठमाडौं आइरहेको गाडी सिन्धुलीमा दुर्घटना, एकको मृत्यु, पाँच घाइते

सिन्धुली । झापाबाट काठमाडौँतर्फ गइरहेको निजी सवारी साधन दुर्घटना भएको छ । विपी