कांग्रेसले भन्यो-आर्थिक विकासलाई द्रुत गतिमा अगाडि बढाउन अध्यादेश



काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले निजी क्षेत्र लगानीको इन्जिन भएको बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा महतले सरकारले निजी क्षेत्रलाई लगानीको वातावरण बनाइदिनुपर्नेमा जोड दिए । मुलुकमा आर्थिक गतिविधि अगाडि बढाउन सरकारले दोस्रो आर्थिक सुधारको काम सुरु गर्नुपर्ने सांसद डा महतले खाँचो औँल्याए ।

सांसद  महतले आर्थिक मन्दीलाई समाप्त गरी अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले अध्यादेश ल्याएको उल्लेख गरे ।

‘आर्थिक विकासलाई द्रुत गतिमा अगाडि बढाउन सरकारले अध्यादेश ल्याएको हो । दुई महिनाभित्रै समस्या टुङ्गो लगाउने विषयको बाध्यतालाई मध्यनजर गर्दै अध्यादेश आएको हुनुपर्दछ’, उनले भने, ‘कहीँ कतै ‘कन्टेन्ट’मा समस्या छ भने सदनमा छलफल र बहस गरौँ तर, अध्यादेश ल्याएकै कारणले यसको बिरोध गर्नुपर्दछ, विधेयक फेल गराउनुपर्दछ भन्ने मान्यता उपयुक्त होइन ।’

सहकारी प्रकणमा आरोपित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेतर्फ सङ्केत गर्दै उनले अदालतको विषयलाई सरकारसँग जोडेर अनावश्यक रुपमा राजनीतिकरण गर्नु नहुने बताए ।

सहकारी प्रकरण अहिले अदालतको विषय भएकाले अदालतको निर्णयलाई सबैले स्वीकार्नुपर्ने भन्दै उनले पीडितले न्याय पाउने विषयलाई सरकारले तदरुकताका साथ अगाडि बढाउनुपर्नेमा जोड दिए ।

महतले प्रधानमन्त्री रहिरहने परिस्थिति समाप्त भएपछिको परिस्थिति बुझेरै ‘प्रचण्ड’को अभिव्यक्ति आएको टिप्पणी गरे ।

उनले भने, ‘नेपाली कांग्रेससँग सहकार्य गरे पनि, एमालेसँग सहकार्य गरे पनि प्रधानमन्त्री प्रचण्डजीकै हुन्छ । आफूभन्दा बाहिर जाँदैन भन्ने मानसिकतामा हुनुहुन्थ्यो । त्यो परिस्थिति समाप्त भएकाले धेरै अभिव्यक्ति त्यसबाट अभिप्रेरित भएर आएको मैले महसुस गरेँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
समयमा काम नगर्ने नौ निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले नौवटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

मकवानपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

बागमती । मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–४ जुरेलीबजार नजिक आज बिहान अनियन्त्रित

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको

नेपाल इयूको सुरक्षा सूचीबाट छिट्टै हट्ने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. विनोदप्रकाश सिंहले नेपाल