राष्ट्रियसभा बैठकमा पानी जहाज सञ्चालन तथा व्यवस्थापन विधेयक पेस



 

काठमाडौँ । राष्ट्रियसभाको बिहीबारको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले  पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक–२०८१ पेस गरेका छन् ।

उनले सामुद्रिक कानुनीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि, १९८२ अनुसार समुद्रमा तटीय मुलुकको मात्र नभइ भूपरिवेष्ठित मुलुककोसमेत समान अधिकार सुनिश्चित भए तापनि पानी जहाज दर्ता ऐन, २०२७ लागू भए पश्चात दर्जनौं अन्तर्राष्ट्रिय महासन्धि लागू भइसकेको बताए ।

ती महासन्धिका प्रावधान उक्त ऐनले नसमेट्ने हुँदा नेपाली ध्वजाबाहक पानीजहाज दर्ता गर्न सकिने अवस्था नदेखिएको उनले उल्लेख गरे ।

उनले समुद्रमा नेपाली ध्वजाबाहक पानी जहाज सञ्चालनका अतिरक्त  कैयौं नेपाली विभिन्न मुलुकका पानीजहाजमा काम गर्दै आएको अवस्थामा ती नेपालीलाई नाविक किताब, नाविक परिचयपत्रलगायत ती कामदारको तालिम, स्वास्थ्य परीक्षण लगायतका विषय समेट्न आवश्यक देखिएको तथा नेपालभित्रकै विभिन्न नदी तथा तालमा विभिन्न क्षमताका जलयानहरु सञ्चालनमा आइरहेको अवस्थामा ती जलयानको दर्ता तथा नियमनको व्यवस्था गर्दै आन्तरिक जलयातायातलाई प्रवद्र्धन गर्न आवश्यक देखिएकाले विधेयक पेस गरिएकोे बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्थानीयको स्वीकृति लिएर मात्रै पाथीभरा क्षेत्रमा केबलकार निर्माण गर्न सांसदहरुको माग

काठमाडौं ।  राष्ट्रियसभाका सांसदहरूले ताप्लेजुङको पाथीभरा क्षेत्रमा स्थानीयको स्वीकृति लिएर मात्रै केबलकार स्थापना

रविको बचाउदेखि सरकारको कामको कटाक्षसम्म, यस्तो छ संसदमा प्रचण्डको सम्बोधनको पूर्णपाठ

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

पुनर्निर्माणका लागि श्रोत खै ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जाजरकोटको भूकम्प र असोजमा गएको बाढीका

भोजपुरमा ‘ग्रेटर मुन्दुम’ पदमार्गको काम सुरु

भोजपुर। भोजपुरमा ग्रेटर मुन्दुम पदमार्ग विस्तारको काम अघि बढेको छ । सुनसरीको कोशी