सेनालाई प्रधानमन्त्रीको आग्रहः फाष्टट्रयाक आयोजनाको सुरु बिन्दु खोकनाको जग्गा अधिग्रहणको प्रस्ताव ल्याउनु



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौँ–तराई–मधेस द्रुतमार्ग सडक आयोजनाको हालसम्मको प्रगति र विद्यमान समस्या तथा समाधानका उपायबारे जानकारी लिएका छन् ।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधारमन्त्री तथा यातायात देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका आर्थिक मामिला सल्लाहकार डा युवराज खतिवडा, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र उच्चाधिकारीको सहभागितामा आयोजनाबारे छलफल भएको हो ।

छलफलमा नेपाली सेनाका तर्फबाट आयोजनाको सुरु बिन्दु खोकनामा जग्गा अधिग्रहणका लागि लामो समयदेखिको समस्या, आयोजना क्षेत्रमा पर्ने रुख कटानमा ढिलाइ आदिबारे अवगत गराइएको थियो ।

प्रधानमन्त्री ओलीले सोच विचार गरेरै नेपाली सेनालाई आयोजनाको जिम्मेवारी दिइएकाले गुणस्तरीय काम हुने विश्वास व्यक्त गरे । सम्बन्धित मन्त्रालयले खोकना क्षेत्रको समस्या समाधानको प्रस्ताव ल्याउन उनले आग्रह गरे ।

द्रुतमार्ग कूल ७० दशमलव ९७ किलोमिटर रहेको छ । दुई खर्ब ११ अर्ब ९३ करोड लागतको सो सडक आयोजना विसं २०७४ मा सुरु भएको हो ।

आयोजनाको संशोधित अवधि २०८३ चैतमा सम्पन्न गर्ने लक्ष्य छ । आयोजनाको हालसम्मको समष्टिगत भौतिक प्रगति ३७ दशमलव ६ र वित्तीय प्रगति ३९ दशमलव ७४ रहेको जङ्गी अड्डाले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विशेष परिस्थितिबाहेक अब हेलिकप्टर प्रयोगमा प्रतिबन्ध, सार्वजनिक खर्चलाई मितव्ययी बनाउन नयाँ मापदण्ड जारी

काठमाडौं । सरकारले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउन नयाँ मापदण्ड जारी गरेको

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्ने रास्वपाका नेतासहित तीन जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गर्ने तीन जनाविरुद्ध ज्यान मार्ने उद्योगमा

अध्यादेशका पक्षमा सत्तापक्ष एकभएर उभिने, कुनै बेमेल नभएको जिकिर

काठमाडौं। सरकारले संसद्मा प्रस्तुत छवटै अध्यादेश संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बिहीबार बस्ने

सामाजिक सञ्जालले अराजकता फैलाएकाले नियमन गर्नुपर्‍योः मन्त्री गुरूङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सामाजिक सञ्जालले अराजकता फैलाएको छ