सुर्खेतको भेरी नदीमा झोलुङ्गे पुल निर्माणका क्रममा खसेर दुई कामदार बेपत्ता
कर्णाली । सुर्खेतको भेरी नदीमा झोलुङ्गे पुल निर्माणमा संलग्न दुई कामदार खसेर बेपत्ता भएका छन् । बुधबार दिउँसो झोलुङ्गे पुलको लठ्ठा तान्ने क्रममा नदीमा खसेर उनीहरु बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा पूर्वीरुकुमको सिस्ने गाउँपालिका–२ घर भएका २४ वर्षीय अनिल घर्ती र सोही स्थानका १८ वर्षीय अर्जुन घर्तीमगर छन् । नेपाल र सशस्त्र प्रहरीको टोलीले उनीहरुको खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ ।