इजरायलस्थित नेपाली राजदूत पण्डित र इजरायली राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिन रिहाइबारे छलफल
काठमाडौं । इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले इजरायलका राष्ट्रपति इसहाक हर्जोगसँग टेलिफोन गरी विपिन जोशीको रिहाइका लागि पहल गर्न आग्रह गरेका छन् ।
मंगलबार राजदूत पण्डितले इजरायली राष्ट्रपति हर्जोगसँग टेलिफोनमा कुराकानी गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
कुराकानीका क्रममा राष्ट्रपति हर्जोगले इजरायलले नेपाली विद्यार्थी विपिन जोशीसहित हमासले बन्धक बनाएकाहरुको उद्धारका लागि सबै प्रयासहरु लगाइरहेको जवाफ दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।