झापामा गोली चलाएर दुई भारतीय लागुऔषध कारोबारी पक्राउ



झापा । कनकाई नगरपालिका–४ स्थित भित्री सडकखण्डमा प्रहरीले गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।

गए राति भारतको बिहार राज्यको डिगल बैंक थाना घर भएका २८ वर्षीय अन्जार आलम र उनका भाई १९ वर्षीय यूसुब आलामलाई गोली चलाएर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णबहादुर चन्दले जानकारी दिए । उनीहरुले वीआर ३७ एए ८४९८ नम्बरको मोटरसाइकलमा लागुऔषध ओसारपसार गरिरहेका थिए । प्रहरीले रोकेर जाँज गर्ने क्रममा दुवै जना भाग्न खोज्दा उनीहरुमाथि गोली चलाउनु परेको उनले बताए ।

प्रहरीले चार राउण्ड हवाई फायर गरी दुवैजनालाई नियन्त्रणमा लिएको हो । यस क्रममा मोटरसाइकल चालक अन्जार आलमको घुडाँमुनी गोली लागेको छ । उनीहरुको साथमा प्रतिबन्धित लागुऔषध ब्राउन सुगुर ६३ मिलिग्राम फेला परेको सूचना अधिकारी चन्दले बताउनुभयो । घाइेत अन्जारको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रवि लामिछाने जिल्ला अदालत चितवनमा उपस्थित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने जिल्ला अदालत चितवनमा उपस्थित

दैनिक कति हराउँछन् बालबालिका ? यस्तो छ देशभरको तथ्यांक

काठमाडौं । यसवर्षको पुस मसान्तसम्म देशभरबाट तीन हजार ६९८ बालबालिका हराएकोमा तीन हजार

राजदूत यादवद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । अष्ट्रेलियाका लागि नेपालका राजदूत चित्रलेखा यादवले त्यहाँका गभर्नर जनरल साम मोस्टिनसमक्ष

कस्तो हो तपाईंहरुले चाहेको संविधान संशोधन ?

काठमाडौँ। जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य राजकिशोर यादवले सङ्घीयतालाई अधिकारसम्पन्न