नेपालको डिजिटल प्रणाली विस्तारमा सहयोग गर्न स्टोनिया इच्छुक



काठमाडौँ । उत्तरपश्चिमी युरोपेली मुलुक इस्टोनियाले नेपालको डिजिटल प्रणाली र साइबर सुरक्षामा सहयोग गर्न इच्छा व्यक्त गरेको छ ।

नेपालका लागि स्टोनियाका अवैतनिक वाणिज्य दूत नवराज दाहालसँगको भेटमा त्यहाँका परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले त्यस्तो इच्छा प्रकट गरेका हुन् ।

भेटमा स्टोनियाको परराष्ट्र मन्त्रालयअन्तर्गत मानव अधिकार र आप्रवाशनसम्बन्धी विभाग प्रमुख केटरिन किभीले डिजिटल प्रणालीको प्रयोग, विस्तार र साइबर सुरक्षाको क्षेत्रमा सहयोग गर्न चाहेको अवैतनिक वाणिज्य दूत दाहालले जानकारी दिए ।

स्टोनियाका अधिकारीले ई–गभर्नेन्स र साइबर सुरक्षासम्बन्धी विज्ञलाई नेपाल पठाएर सरकारी कर्मचारी, निजी क्षेत्र (बैंकिङ र गैरबैंकिङ) तथा नेपालका विभिन्न विश्वविद्यालयमा सूचना प्रविधि (आइसिटी) विषय अध्ययनरत विद्यार्थीलाई व्यावसायिक तालिम दिन सकिने बताएको दाहालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रिङ्कु सदा मृत्यु प्रकरणमा वडा सदस्यसहित १० जना पक्राउ

सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी सदाको मृत्यु प्रकरणमा

हेटौंडामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

बागमती । करेन्ट लागेर मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्तीमा बिहीबार एक युवकको मृत्यु भएको

होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा काठमाडौंमा ५५ जना पक्राउ

काठमाडौँ । होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले आज ५५ जनालाई

लागूऔषध मुद्दामा पाल्हीनन्दन गाउँपालिका अध्यक्ष गुप्तालाई एक वर्ष कैद सजाय

नवलपरासी । लागूऔषध मुद्दामा नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्तालाई एक वर्ष कैद