बेलायतका राजकुमारले आजै राष्ट्रपतिलाई भेट्ने, पोखरासम्म जाने
काठमाडौं । बेलायतका राजकुमार आज नेपाल भ्रमणमा आउँदै छन् । अनौपचारिक भ्रमणका सिलसिलामा श्रीमती सोफियासहित उनी नेपाल आउन लागेका हुन् ।
उनले आजै अपराह्न राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने कार्यक्रम तय छ । उनी भोलि ललितपुर, भक्तपुर र कीर्तिपुरका विभिन्न स्थानमा पुग्नेछन् । त्यस्तै उनी पोखरा पनि जानेछन् ।
नेपाल भ्रमण सकाएर उनी आइतबार स्वदेश फिर्ता हुनेछन् । बेलायती राजपरिवारका सदस्य एडवर्ड रानी एलिजाबेथ द्वितीयाका कान्छा सन्तान हुन् ।