बेलायत पठाइदिने भन्दै युवाहरुसँग ३७ लाख ५० हजार ठगी गरी फरार भएका व्यक्ति पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा बेलायत पठाइदिने भन्दै युवाहरुलाई ठगी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।
बेलायत पठाइदिने भन्दै युवाहरुसँग ३७ लाख ५० हजार रुपैयाँ ठगी गरी फरार रहेका कास्कीको अन्नपूर्ण गाउँपालिकाका मदन भण्डारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनलाई टेकुबाट सोमबार पक्राउ गरिएको कार्यालयले जनाएको छ ।